सोमबार १५ जेठ २०८०

काठमाडौं / प्राय हामी विभिन्न किसिमका मःमका पारखी हुन्छौं । अझ भन्नुपर्दा भोक लागेको बेला तात्तातो मःम र पिरो अचारका अलवा स्वादिलो सस हाम्रो दिमागमा आइहाल्छ । अधिकांश हामीले बेलुकाको खाजाका साथै रातिको खानासमेत मःम नै खाने गरेका छौं ।

तर, मःमका पारखीहरुले मःम खाने बेलामा एक पटक ध्यान दिनु आवश्यक छ, किनभने मःम खाने क्रममा अड्कीएर कैयौंको ज्या’नसमेत गएको घ’टनाहरु सा’र्वजनिक भइरहेका छन् ।

केही दिन अगाडि मात्रै छिमेकी राष्ट्र भारतको दिल्लीमा मःम खाने क्रममा एक पुरुषको मृ’त्यु भएको छ । मेडिकल रिपोर्टका अनुसार मःम खाने क्रममा स्वा’स नलीमा मःमको डल्लो अ’ड्कीएर ५० वर्षीय एक पुरुषको मृ’त्यु भएको हो । मःमका कारण स्वा’स फेर्न नसकेपछि न्यूरोजेनिक कार्डिएक अरेस्ट आएको कारण उक्त पुरुषको मृ’त्यु भएको हो ।

यो घ’टनासँगै अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)ले मःमका पारखीहरुलाई मध्यनजर गर्दै एक एडवाइजरी सा’र्वजनिक गरेको छ । उक्त एडवाइजरीमा राम्ररी च’पाएर मात्र मःम खान उल्लेख गर्दै भनिएको छ, ‘मःम चिल्लो र चिप्लो हुन्छन् । यदि कसैले मःमलाई राम्ररी न’च’पाइकन नि’ल्यो भने नि’श्वास हुनसक्छ । त्यसैले सँधै यो कुरामा विशेष ध्यान दिनुहोस् ।’

त्यसो त, मःम एसियाकै प्रसिद्ध स्ट्रीट फूड हो । यो विशेष गरी गोलो र लाम्चो आकारमा बनाइन्छ । विशेष गरी मःम नेपाल, चीन, तिब्बत र भारत लगायतका देशहरूमामा निकै चर्चित र लोकप्रिय परिकारको रुपमा रहँदै आएको छ । न्यु’ज 24 नेपाल बा’ट ।

२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया