
काठमाडौँ / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह) ले कामप्रति निष्कृय हुने कर्मचारीहरुका लागि क’ठो’र कदम चालेका छन् । कर्मचारीहरुका कारणले गर्दापनि महानगरपालिकाले विभिन्न समस्याहरु भोगेको भन्दै बालेनले काम गर्न अल्छी गर्ने कर्मचारीका लागि एक्सन लिन थालेको बताएका छन् ।
‘कर्मचारीतन्त्रको कुरामा हामीले विभिन्न कदमहरू चालिसकेका छौं । जस्तै, हरेक कर्मचारीको रूममा सिसिटिभी राखेका छौं । गाडीहरू मर्मतकै लागि पनि कर्मचारीले मर्मत गर्न नपाउने, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नै गर्छ,’ ब्रुमर संचालन कार्यक्रममा उनले भने, ‘किनभने मर्मत गर्दा तेल अनि सामानहरु पनि चो’री हुने गरेको देखियो ।’
उनले थपे, ‘ब्रुमर बिग्रियो भन्नुभएको थियो तर ब्रुमरको सानो एउटा पाइपमात्रै बिग्रिएको रहेछ । आजदेखि चलिसक्यो । रेडी भइसक्यो । रकेट साइन्स केही पनि थिएन ।’बुधबारदेखि काठमाडौंमा पाँच वटा ब्रुमरले सफा गर्न थालेको हो । भोलिदेखि थप चार वटा गरी नौ वटाले सफा गर्न थालिने उनले बताए ।
साथै बालेनले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन् । बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताएका हुन् ।
‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ । त्यो बनाउन सकिँदो रहेछ । करोडौं रकम लाग्दै लाग्दैन दुई–तीन लाखमात्रै खर्चेर पनि केहि मात्रामा विद्युत उत्पादन गर्न सकिन्छ,’ उनले भने ।
काठमाडौं महानगरपालिकाले बुधबार बिहानदेखि ब्रुमरले बाटो सफा गर्ने काम सुरू गरेको छ । ब्रुमरको सानो पाइपमात्रै बि’ग्रि’ए पनि थन्काएर राख्ने गरिएको रहेछ भन्दै अब तुरुन्तै मर्मत गरी चलाउने प्रक्रिया थालिएको उनले बताए । मोटीभेट न्यू’ज बा’ट ।