
धरान / धराने जनतालाई स्वच्छ खानेपानी खुवाउने मूल एजेण्डा बोकेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पानीको भरपर्दो स्रोत खोज्दै खैंरे खोला पुगेका छन् । भारी बर्षा भईरहेको समयमा पनि उनि एक जना सहयोग सहित मोटरसाईलमा पानीको स्रोत खोज्दै सो खोलाको मुहानमा पुगेका हुन् ।
पानीको स्रोत कम भएकै कारण धराने जनताले स्वच्छ खानेपानीका लागि अनेकन दुःख झेल्नु परिरहेकाले स्रोत जुटाउनकै लागि आफू निर्वाचन जित्नु अघि र जितेपछि चि’न्तित भएकाले भारी बर्षाको कुनै प्रवाह नगरी धरानदेखि निकै नै माथिल्लो स्थानमा रहेको खैंरे खोलाको मुहानमा आएको मेयर साम्पाङले बताएका छन् ।
उनले खैंरे खोलाको मुहानमा पानीको स्रोत निकै राम्रो रहेको र पानी पनि स्वच्छ रहेको बताए । खैंरे खोलाको पानी पाइप जडान गरि धरान लैजान साथ धेरै समस्या हल हुने उनले बताए । आफूले सोचेको भन्दा राम्रो पानी स्रोत खैंरे खोलामा पाएकाले अब खानेपानी बोर्डका प्राविधिकसंग छलफल गरि योजना र बजेट निर्माण गरि पानी धरान ल्याउने बताए ।
उनले धरान उपमहानगरपालिकाले ब्रिटिस वेल्फेयरसँग पनि आवश्यक सहकार्य गरि खैंरे खोलाको पानी धरान ल्याउने बताए । उनले भनेका छन् ‘अब केही समयपछि धराने जनताले खानेपानी पाउनुहुन्छ । त्यसका लागि समय लाग्छ । धैर्य गर्नु पर्छ ।’ उनले आफूले धराने जनतालाई खानेपानी खुवाउने आफ्नो मु’द्धालाई आफूले नछाड्ने बताए । सबै धराने जनतालाई खानेपानी खुवाएपछि मात्र आफू विजयको माला लगाउने उनले बताउँदै आएका छन् ।
धरानबाट करिब १५ किलोमिटर माथि पानी स्रोत खोजिमा निस्केका मेयर साम्पाङले आफू र आफ्ना सहयोगीलाई पानी परेकाले झण्डै ५ किलोमिटरसम्मको यात्रामा चु’ट्नसम्म चु’टेपनि गतिलो पानीको स्रोत भेटिएकाले ठूलै उपलब्ध हासिल गरेको बताएका छन् ।
मेयर साम्पाङले निर्वाचन ताका सामाजिक अभियान्ताका रुपमा कार्य गर्दा पनि धराने जनतालाई खानेपानीका लागि अनेकौ ल’डा’ईहरु ल’डे’का थिए । कार्यपालिका बैंठकमा खानेपानीको मु’द्धा उठाएनन् भनेर केही संचारमाध्यमहरुले उनको आ’लो’चना गरेपछि उनि सकेसम्म यहि आर्थिक बर्ष भित्र धराने जनताको घरमा भएका धारामा नियमित पानी आउने वातावरण निर्माणका जुटेका हुन् । प्र’दे’श पोर्टल बा’ट । हेर्नुहोस भिडियो :-