
एजेन्सी/ कोरोनाभाइरसको संक्रमणपछि अस्पतालमा उपचाररत् ६ जना विरामीको अक्सिजनको अभा’वका कारण मृ’त्यु भएपछि जोर्डनका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् ।
जोर्डनका सरकारी संचारमाध्यमका अनुसार प्रधानमन्त्री बसार अल खसोनाको आग्रहमा स्वास्थ्यमन्त्री नाथिर ओबिदातले राजिनामा दिएका हुन् ।विरामीको अक्सिजन अभा’वका कारण मृ’त्यु भएपछि आफन्तहरुले अस्पताल नै घे’राउ गरेका थिए । स्थिति नियन्त्र’णमा लिन प्रहरी नै परिचालन गरिएको थियो ।
झण्डै १ घन्टा अक्सिजनको अ’भाव हुँदा सघन उपचार कक्षमा उपचाररत विरा’मीको मृ’त्यु भएको थियो । साथै प्रसुति वार्डमा समेत अस्सिजन अ’भावले समस्या भए पनि अन्य वार्डमा विरा’मीको मृ’त्यु भएको छैन । के कारणले अक्सिजन अ’भाव भयो भन्ने विषयमा अनुसन्धान जारी छ ।