
काठमाडौं / प्रतिकिलो चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ । हाल १ किलोको ९५ रुपैयाँ मूल्य रहेको चिनी १० रुपैयाँले बढेर १०५ पुगेको हो । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएसँगै चिनीको भाउ बढेको हो । नेपालमा चिनीको माग धान्न भारतबाट चिनी ल्याउने गरिएको छ ।
चिनीको मूल्य वृद्धि भए पनि व्यापारीले आफूखुसी चिनी बिक्री गर्दै आएका छन् । अहिले चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएपछि व्यापारीले फरक फरक मूल्यमा चिनी बेच्नेका गरेको पाइएको छ । कसैले १०५ कसैले ११० रुपैयाँमा प्रतिकिलो चिनी बेच्दै आएका छन् ।
यो पनि :- गगन थापाले गरे बालेन र मन्त्री झाँक्रीको प्रशंसा
: काठमाडौं / नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनप्रति प्रमुख बालेन शाह र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको प्रशंसा गरेका छन् ।
पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापाले काठमाडौं महानगरको फोहोर उठ्न थालिएको भन्दै प्रमुख शाह र झाँक्रीको प्रशंसा गरेका हुन् । उनले आगामी दिनमा पुन: फोहोर स’ङ्कट आउन नदिन केहि काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने थापाले बताएका छन् ।
केही दिनअघि शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको पहलमा सिसडोल–बञ्चरेडाँडाका स्थानीयहरुसँग फोहोर व्यवस्थापनका लागि सहमति भएको थियो । साथै अब उक्त स्थानमा काठमाडौंको फोहोर व्यवस्थापन हुने छ । स्थानीयको माग सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाले १८ बुदे सहमति गरेको छ ।