
विराटनगर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हैसियतमा रहेर बोल्न सुझाव दिएका छन् ।
शुक्रबार एमाले विराटनगरले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै ओलीले प्रचण्डलाई आफ्नो हैसियत हेरेर अरुको हैसियत नाप्न सुझाव दिए ।
उनले भने, ‘कांग्रेसले धेरै घ’मण्ड नगरोस् नत्र एमालेकै हालत बनाइदिउँला भनेर एक जना नेताले भाषण गरेछन् । ती नेताको हाइट कतिको छ भनेर हेरेको त घुँडा घुँडा मात्रै रहेछ ।’
ओलीले पाँच दलीय गठबन्धन नहुँदा धु’लोपिठो हुने भएकाले अहिले नै गठबन्धन न’टु’ट्ने पनि बताए । साथै, ओलीले आफूलाई साँ’ढे र अरूलाई बाख्रासँग तुलना गरेका छन् ।
उनले भने, ‘साँ’ढेसँग ल’ड्न सक्दिन भनेर उनीहरूले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केहि दलहरुको हैसियत बाख्रा सँग लड्न सक्ने खालको छ ।’
मोरङका १७ मध्ये ९ वटा पालिका जितेको बताउदै उनले एमालेसँग अझैपनि क्षमता रहेको बताए । उनले गठबन्धन फुटे धु’लोपिठो हुने दाबी गरे । अब गठबन्धन एका तर्फ र जनता एका तर्फ रहने उनले बताए ।
उनले गठबन्धन फु’टाउनु पर्ने कुरा उठेको बताउदै ग’ठबन्धन फुटे त्यहा रहेका दलहरु धु’लोपिठो हुने बताए । एमालेसंग कसैले प्रतिस्पर्धा नै गर्न नसक्ने भन्दै ओलीले कांग्रेस माओबादी सहितको गठबन्धन आफ्नो बरावरी नभएको जि’किर गरेका छन् ।
उनले भने “गठबन्धनको उचाइ घुंडा सम्म मात्र हो,बराबरीको सपना नदेखे हुन्छ ।” एक्लै चुनाव लड्दापनि एमालेले लोकप्रिय मत लाएको ओलीले दावी गरे ।