शुक्रबार १९ जेठ २०८०

काठमाडौं / काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न बञ्चरेडाँडा पुगेका टिपरहरू फोहोर नफाली फर्किएका छन् । बुधबार बञ्चरेडाँडाका स्थानीयले अ’वरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौंतर्फ नै फर्किएका हुन् । करिब डेढ सय टिपर फोहोर विसर्जन नगरी काठमाडौं फर्किएको बताइएको छ ।

सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो । उक्त सहमितसँगै काठमाडौंको फोहोर बञ्चरेडाँडामा लगिएको थियो ।

तर, स्थानीयले बुधबार अ’वरोध गरेपछि प्रहरी नै त्यहाँ पुगेर फोहोर व्यवस्थापन गर्न अघि खटिएको थियो । तर, स्थानीयले प्रहरीमाथि ढुं’गामुढा गरेका थिए । त्यसपछि प्रहरीले बा’ध्य भएर अ’श्रुग्याँस प्र’हार गर्नुपरेको थियो । यद्यपि, बन्चरेडाँडाका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित वि’रोध जारी राखेपछि काठमाडौंको फोहोर विसर्जन हुन सकेन ।

काठमाडौंको फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडामा आजपनि स्थानीय र प्रहरीबीच झ’डप भएको छ । बुधबार स्थानीयले काठमाडौंबाट लगिएको फोहोर बञ्चरेडाँडामा फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गर्दा दुईबीचमा झ’ड’प भएको हो ।

स्थानीयले फोहोर फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गर्दा त्यहाँका स्थानीयले ढुं’गामुढा गरेका थिए । बञ्चरेडाँडामा दुई सयभन्दा बढी प्रहरी परिचालित रहेका छन् । स्थानीयहरु ढुं’गाुमढामा उत्रिएपछि प्रहरीले बा’ध्य भएर अ’श्रु ग्याँस प्र’हा’र गर्नुपरेको प्रहरीको भनाइ रहेको छ ।

सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो । उक्त सहमितसँगै काठमाडौंको फोहोर बञ्चरेडाँडामा लगिएको थियो तर, स्थानीयले अवरोधसँगै ढुं’गामुढामा उत्रिएका हुन् । न्युज 24 नेपाल बा’ट ।

२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया