
एजेन्सी / तितेपातीमा धेरै औषधीय गुण हुन्छन् । तितेपाती खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ । जहाँ तहीँ पाइने तितेपातीमा औषधीय गुण हुन्छ भन्ने कुरा थाहा भए पनि यसको प्रयोगबारे सबैलाई थाहा हुँदैन । तितेपातीको प्रयोगबारे यहाँ प्रस्तुत गरिएको छ ।
तितेपातीको तेलबाट हाड दु’खा’इको औषधि, चि’लाउने रोगको औषधि, उ’च्च र’क्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ स’म्भावना रहेको विज्ञहरू बताउँछन् । त्रिभुवन विश्वविद्यालयका वनस्पति अध्येता सञ्जय झाले तितेपातीको तेल निकालेर बनाएको ट्याब्लेटबाट खाद्यान्नका घुनकीरा मा’र्न प्रयोग भइरहेको बताए । उनका अनुसार बाली भित्र्याउनुअघि र पछि चार–पाँच दिनसम्म यस औषधिलाई भाँडामा राखेर छर्किँदा कीरा भाग्ने गर्छन् । तितेपातीको प्रयोगले मलेरिया रोग पनि निको पार्न सकिन्छ ।
यस्ता छन् फाइदाहरु: तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ । कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ । सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला चिया चम्चाले आदी चम्चा चिसो पानीमा सरासर ७ दिन सम्म खाएर बन्द गर्ने र चा’पेको महशुस भएपछि फेरि सुरु गर्ने गरेमा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानुु हुदैन ।
जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका म’र्छ । विशेष गरी तितेपातीलाई कि’टनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यति मात्र होइन तितेपातीले युरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ । बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ ।
कसरी उपयोग गर्ने ? बिहान उठ्नासाथ १५ दिनजति आधादेखि एक चम्चासम्म मनतातो पानीसँग खाँदा धेरैजसो रोगलाई फाइदा गर्छ ।तितेपातीको झोल ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ । बाथ,पित्त र कफ (त्रि’दो’ष) लाई बढ्न दिदैँन । छालामा समस्या छ भने झोल बनाएर लगाउँदा फाइदा गर्छ । सुनिएको ठाउँमा तातो पट्टि बाँधिदिँदा सन्चो बनाउँछ ।
सबै रोगलाई उपयुक्त हुने तीतेपाती हावामा सुकाएर पकाउँदै खोटो बनाएर एक दुई गोली बिहान खाँदा सबै किसिमका रोग नास हुन्छ । बोटबिरुवा अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच–सात लिटर पानीमा मिलाई ५–६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन् । एजेन्सीको सहयोगमा ।