
काठमाडौं / युवा संघ नेपालले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट जडानमा सर्वसाधारणलाई अस्वभाविक दबाब दिएको भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि इम्बोस्ड नम्बर प्लेट खारेज हुनुपर्ने भन्दै विरोध प्रर्दशन गरेको हो ।
सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा दबाब दिएको र उक्त नम्बर प्लेटको अत्यधिक मूल्यविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ । प्रदर्शनमा सहभागीहरुले इम्बोस्ड नम्बर घोटाला हो, इम्बोस्ड नम्बर चाहिँदैन, ठेकेदारलाई दुई वर्ष थपलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
इम्बोस्ड नम्बर प्लेट जडानमा अरबौँको स्वार्थ लु’केको भन्दै युवा संघ अध्यक्ष पौडेलले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनका लागि लिखित उ’जुरी दिइने बताए ।
विरोध प्रदर्शनका क्रममा ‘जनताको ढा’ड से’क्न पाइदैनँ, महंगो प्लेट चाहिँदैन’, ‘ठेकेदारलाई दुई वर्ष थप, जनतालाई एक महिनाको अल्टिमेटम’ लगायतका नाराहरू लेखिएको व्यानर समेत प्रदर्शन गरिएको थियो ।
प्रदर्शनका क्रममा उनीहरुले सरकारी सवारी साधनलाई रोक्न खोजेपछि प्रहरीले ला’ठी’चार्ज गरेको थियो । इम्बोस्ड नम्बर प्लेट जडानका बिषयमा तीव्र आलोचना भएपछि विभागले भने साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको जनाएको छ ।