आइतबार २१ जेठ २०८०

नुवाकोट / काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने कार्यमा अ’ब’रोध सिर्जना गर्ने नेपाली कांग्रेसका नेता श्रीराम ढुंगानासहितका ११ जनालाई प्रहरीले प’क्राउ गरेको छ ।

सोमबार सहरी विकास मन्त्रालयमा सरोकारवाला जनप्रतिनिधिहरूको रोहबरमा भएको सहमति अनुसार मंगलबार बिहानै फोहोर बोकेर बञ्चरेडाँडा पुगेका सवारीसाधान नेपाली कांग्रेसका नेता ढुंगानाको नेतृत्वमा रोकिएको थियो । प्रहरीले केहीबेरअघि श्रीरामसहितका ११ जना व्यक्तिलाइ नियन्त्रणमा लिएको स्थानीय हरिहर ढुंगानाले जानकारी दिएका छन ।

यसअघि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलसहितको टोली सिसडोल र बञ्चरेडाँडामा पुगेको दिन नै कांग्रेस नेता ढुंगानाले फोहोर व्यवस्थापनमा आफूले अ’ब’रोध गर्ने घोषणा नै गरेका थिए ।

उनले आफू पनि यही ठाउँमा जन्मिएको मान्छे भएकाले फोहर व्यवस्थापनका बारेमा मा’गहरू राख्न पाउने भन्दै भाषण समेत गरेका थिए । उनले तीनपिप्लेदेखि बञ्चरेडाँडासम्म सडकमा परेको जग्गाको पनि मुअब्जा पाउनुपर्ने नयाँ मा’ग थपिएको र त्यसो नहुँदासम्म आफू एक्लैले भए पनि फोहोर रो’क्ने घोषणा गरेका थिए । धनकुटा खबरबाट ।

७५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया