
धरान / धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर हर्कराज साम्पाङ्गले आफू उपमहानगरपालिकामा भइन्जेल खोला ठेक्कामा नलगाउने उद्घोष गरेका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेयर साम्पाङ्गले पैसाका लागि सबैथोक गर्ने सँस्कार अ’न्त्य गर्न बाटोघाटो बरु नबनाउने तर खोलाको ढुङ्गा गिटी भने निकाल्न नदिने बताए ।
‘म पाँच वर्ष भइन्जेलसम्म रेकर्ड गरेर राख्नू खोला ठेक्का लाग्दैन ।’ प्राकृतिक संरचना बिगारेर, धरानलाई भत्काएर बजेट बनाउनुहुँदैन । बरु दुःख गरेर बसौँ न । सुविधा भोग गर्नको लागि माटो बेच्ने, ढुङ्गा बेच्ने, जंगल बेच्ने, जलाधार बेच्ने काम नगरौं,’ मेयर साम्पाङ्गले भने । राजश्व वृद्धि गर्न बरु उद्योगधन्दा खोल्नमा लाग्ने बताउँदै मेयर साम्पाङ्गले खानेपानीको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट माग गरी प्रदेशमा पठाएको बताए ।
पैसाको लागि सवथोक गर्ने सँस्कार रहेको बताउँदै उनले बरु दुःख गरेरै बस्न र सुख भोग नगर्नका लागि आफू कटिबद्ध भएको उनले बताए । तर खोला बेच्नाले ठेकेदारहरुले मापदण्डभन्दा बढी गिटी बालुवा निकालेर खोलाको दो’हन गर्दा चुरेको संरक्षण समेत नहुने हुँदा खोला नबेच्ने निर्णय गरेको मेयर साम्पाङ्गको भनाइ छ ।
साम्पाङ्गले आफू मेयर भएर आउनुअघि ठेक्का लगाउन प्रक्रिया पनि रद्द गरेको जानकारी दिए । वन कार्यालयबाट पनि गुनासो आइरहेको भन्दै उनले आफू मेयर भइञ्जेल प्राकृतिक संरचना दोहन गर्नेगरी खोलाहरु ठेक्का नलगाउने दाबी गरे । ‘म ५ वर्ष रहेसम्म खोलाहरुको ठेक्का लाग्दैन ।’मेयर साम्पाङ्गले आइईई रिपोर्टमा पनि आफूलाई विश्वास नलागेको बताउँदै अब एक इञ्च पनि खोला खन्न नदिने बताए ।
खोला ठेक्का नलगाउँदा राजश्व कम हुने भए बरु पूर्वाधारका काम नगर्ने उनको भनाइ थियो । मेयर साम्पाङ्गले धरानवासीलाई पानी खुवाउने आफ्नो प्रतिबद्धता भने कायमै रहेको बताए ।
उनी भन्छन्, ‘बरु बाटो बनाउँदिनँ । पानी चाहीँ ल्याएर खुवाउँछु ।’ खोला उत्खनन् गर्न नदिने बताएपनि खोलाको बहावलाई नियन्त्रण गर्न र बीच भागमा थुप्रिएको ढुङ्गा, गिट्टीलाई भने व्यवस्थापन गर्ने मेयरको भनाइ छ ।
अभियन्ताको रुपमा चिनिएका साम्पाङ्ग चुरेको दो’हन भएको भन्दै त्यसको संरक्षण गर्ने अभियानमा समेत लामो समयदेखि लागेका व्यक्ति हुन् । उनले गत वर्ष धरानको सर्दु र सेउती खोला ठेक्का लगाएर ज’था’भावी उत्खनन् गरेको भन्दै च’र्को वि’रोध गरेका थिए । वि’रोध गरेर सर्दुबाट फर्कँदा उनलाई धरान उपमहानगरको नगर प्रहरीले रोकेको थियो भने महिला प्र’हरीलाई हा’त’पात गरेको भन्दै झु’ठो मु’द्दासमेत लगाएको थियो ।