
काठमाडौं / सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई पदबाट बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा ताने थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरे भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुभएको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।
यो पनि :- क्या’सि’नोबाट सात नेपाली प’क्राउ :
बाँके / बाँकेको नेपागञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्या’सि’नोबाट सात नेपाली प’क्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट ख’टिएको प्रहरी टो’लीले उक्त क्या’सि’नोबाट उनीहरूलाई प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार प’क्राउ पर्नेमा मनोज विक, विपिनसिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाह छन् ।
प्रनाउ न्यौपानेले क्या’सि’नोभित्र प्रवेश गरी ध’म्क्या’उने गरेको उ’जु’री आएकाले उनीहरूलाई प’क्रा’उ गरिएको उल्लेख गरे । प’क्राउ परेकालाई का’नु’नी कारबाही गर्ने वा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको जनाइएको छ ।
क्या’सि’नोमा विदेशीबाहेक नेपालीलाई प्रवेश नि’षेध गरिएको छ तर नेपालगञ्जका क्यासिनोले नि’र्वाधरुपमा नेपालीलाई प्रवेश दिइएको बताइएको छ ।