सोमबार २० आषाढ २०७९

कतिपय अवस्थामा मानिसहरु आफुलाई अभाव, क’ष्ट वा दु:’खमा देख्दछन् । जसका कारण मानिस जीवनमा दुः’ख छ भनेर चि’न्तित हुने गर्दछन् । तर हाम्रो मनमा किन दु:ख आयो वा दु:ख महशुस हुन थाल्यो, चि’न्ताको खास कारण के हो ?

यसबारे भने हामी कहिल्यै कारण नै खोज्दैनौ । भगवान् गौतम बुद्धले मानिसलाई हुने यस प्रकारको चि’न्ता र त’नावबाट बच्न ७ सुत्रहरु दिनुभएको छ । जसको पालना गरेमा मानिसले आफुलाई दु:खमा पाउने छैन ।

१. सम्यक दृष्टि
सम्यक दृष्टि अर्थात जस्तो छ त्यस्तै देख्नु । कुनैपनि कुरालाई हेर्दा, मूल्यांकन गर्दा आफ्नो धारणालाई बीचमा लिएर नहेर्नु नै बुद्धको प्रथम सुत्र हो । त्यही कारण कुनैपनि कुरालाई हेर्ने दृष्टि सम्यक हुनुपर्छ । अर्थात यथोचित दृष्टि हुनुपर्छ ।

२. सम्यक संकल्प
सम्यक दृष्टि अर्थात जुन गर्न योग्य हुन्छ, त्यही गर्नु र त्यसमा पुरा जीवन लगाउनु बुद्धको दोश्रो सुत्र हो । बुद्धका अनुसार यस्तो संकल्प जो बोधबाट प्राप्त होस् र बाहिरी उत्साह नभई आन्तरिक उत्साहबाट होस ।

३. सम्यक वाणी
सम्यक वाणी अर्थात हामी जे बोल्छौ, त्यही गर्नुपर्दछ । भित्र एउटा कुरा, बाहिरी अर्को कुरा राखेर नभई आफ्नो बोलीमा हृदयको अवस्था प्रकट गर्नु बुद्धको तेश्रो सुत्र हो । मानिसले जुन कुरा बोल्नुपर्ने हो, जति मात्रामा बोल्नुपर्ने हो र जहाँ बोल्नु पर्ने हो त्यहाँ मात्र बोल्नुपर्छ ।

४. सम्यक कर्म
सम्यक कर्म अर्थात यथोचित काम मात्र गर्नुपर्दछ । मानिसले त्यही काम गर्नुपर्छ जुन काम गर्न योग्य होस् । यो नै बुद्धको चौथो सुत्र हो । यस्तो काम गर्नाले जीवनलाई सार मिल्दछ । मानिसले त्यहि काम गर्ने जुन जरुरी छ । यसलाई बुद्धले सम्यक कर्म भनेका छन् ।

५. सम्यक आजीव
सम्यक आजीव अर्थात आजीविका । बुद्धका अनुसार अरु कसैको अहित नगरी बाँच्नु नै सम्यक आजीविका हो । विध्वंसात्मक नभइ सृजनात्मक भई बाँच्नका लागि अरुलाई पी’डा नदिई, अरुको जीवन न’ष्ट नगरी अरुको अहित नगरी जिउनु नै सम्यक आजीव हो ।

६. सम्यक व्यायाम
सम्यक ब्यायाम अर्थात श्रम । सम्यक ब्यायाम/श्रम भनेको आलस्य नभई कर्मठताका साथ गरीने परीश्रम वा शारीरीक कर्मलाई बुझिन्छ । यो नै बुद्धको छैठो सुत्र हो । बुद्धका अनुसार शरीर मार्ग हो भने सम्यक श्रमका लागी कर्म हो । र दुबैको समिश्रण जीवन हो ।

७. सम्यक स्मृति
सम्यक स्मृती अर्थात मनमा कु’वि’चार नराख्नु । कुनै पनि कर्ममा लिन हुदाँ सकेसम्म कुनै पनि कु’वि’चार मनमा नराखि एकाग्रताका साथ सुविचार मनमा राख्नु नै बुद्धको सातौ सुत्र हो । बुद्धका अनुसार नराम्रो विचार मनमा राख्नु हुदैन, यसले हृदयलाई नै मा’र्ने गर्दछ ।

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया