बुधबार २४ जेठ २०८०

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा भएको थियो ।

चलचित्रको आज बालुवाटारबाटनै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरेका हुन्। उक्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन्। सो चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्नेछन् ।

‘सर्वजित’ नामक चलचित्र दलित आ’न्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ । आज जातीय भे’दभाव तथा छु’वाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो । उक्त चलचित्र निर्माणका लागि रु एक करोड २५ लाखको लागत अनुमान गरिएको छ ।

यो पनि :- दलित प्रमाणित पत्र र’द्द भ‌एसँगै उम्मेदवारी पनि खारेज : रौतहट / इलाका प्रशासन कार्यालय चन्द्रपुरले मुस्लिम समुदायका एक व्यक्तिको दलित प्रमाणित पत्र र’द्द गरिदिएसँगै उम्मेदवारी खारेज भएको छ ।

गैरदलित रहेको भन्दै उ’जु’री परेको आधारमा स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका मो. अरिफ मिया दर्जीको दलित प्रमाणित पत्र र’द्द गरिएको इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रमुख गणेश नेपालीले बताएका हुन् ।

रौतहटको गुजरा नगरपालिकाको कार्यपालिकाको स्थानीय निर्वाचनमा जसपाबाट उम्मेदवारी दिएका दर्जीलाई इलाका प्रशासन कार्यालय चन्द्रपुरले यसअघि दलित प्रमाणित गरेको थियो । दर्जीले सोही प्रमाणित कागजको आधारमा गुजरा नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा दलित अल्पसंख्यकतर्फ उम्मेदवारी दिएका थिए ।

गैरदलितलाई दलित प्रमाणित गरेको भन्दै नेकपा एमालेले चर्को विरोध गर्दै दर्जीको उम्मेदवारीविरुद्ध उ’जुरी दिदैं खारेजीको माग गरेको थियो । चौतर्फी वि’रोध र आ’लोचना भ‌एपछि इलाका प्रशासन कार्यालय चन्द्रपुरले उनको दलित प्रमाणित र’द्द गरेको थियो ।

कार्यालयले निर्वाचन अधिकृतको कार्यालय गुजरालाई एक पत्र लेखि दर्जी मुस्लिम समुदायअन्तर्गत पर्ने तर राष्ट्रिय दलित आयोगले सूचिकरण गरेको मधेशी मूलको दलित जातिअन्तर्गत नपर्ने व्यहोरा बुझिन आएकोले उनको दलित प्रमाणित पत्र र’द्द गर्न अनुरोध गरेको छ ‌

इलाका प्रशासन कार्यालय चन्द्रपुरले गुजरा नगरपालिका वडा नम्बर ५ ले दिएको जेठ १८ गतेको सिफारिसको आधारमा सोहि वडा निवासी कमरुल मियाँ दर्जीको छोरा मो. आरिफ मियाँ दर्जीले दिएको निवेदनलाई मान्दै दर्जीलाई दलित समुदायमा पर्ने भनी प्रमाणित गरेको थियो ।

गैरदलित व्यक्तिलाई दलित प्रमाणित गरेपछि वडाध्यक्ष र इलाका प्रशासन कार्यालयको चौतर्फी आ’लोचना र वि’रोध भ‌एपछि वडा कार्यालय तथा इलाका प्रशासन कार्यालय आफ्नो प्रमाणित निर्णयबाट पछाडि हटेका हुन् ।

वडा कार्यालयले जेठ २० गते इलाका प्रशासन कार्यालय चन्द्रपुरलाई चिठी लेखेर सो प्रमाणित रद्द गर्न अनुरोध गरेपछि सोही आधारमा दर्जीको दलित प्रमाणित र’द्द गरिएको इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रमुख गणेश नेपालीले बताए ।

दलित प्रमाणित र’द्द भ‌एसँगै दर्जीको उम्मेदवारी पनि खारेज हुने भ‌एको छ । दलित प्रमाणित र’द्द भ‌एपछि सोही प्रमाणितको आधारमा उम्मेदवारी दिएका दर्जीको उम्मेदवारी खारेज हुने निर्वाचन अधिकृत बद्री नारायण शर्माले जानकारी दिए ।

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया