सोमबार २० आषाढ २०७९

एजेन्सी / आयुर्वेदिक औषधि एवं उपायले एन्टिफंगल, जीवाणुरोधी, एन्टिसेप्टिक, एवं एनाल्जेसिकका रूपमा काम गर्दछ । यिनैमध्ये एक हो ल्वाङ, जुन फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा–३ एवं खनिजको राम्रो स्रोत हो । यसले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउने काम गर्छ ।

दैनिक खानपानमा मसलाको रूपमा प्रयोग गरिने ल्वाङलाई आयुर्वेदमा औषधिको रूपमा महत्व दिइन्छ । राति सुत्नुअघि नियमित ल्वाङ से’वन गर्दा १० दिनभित्रै यसको फाइदा महसुस गर्न सकिन्छ । सुत्ने बेलामा ल्वाङ खाँदा शरीरमा आश्चर्यजनक फाइदा देखा पर्छ । थुप्रै प्राकृतिक औषधि ल्वाङबाट बनाइन्छन् ।

यसको तेल निकालेपछि पसलेहरू यसलाई बेच्नका लागि बजारमा ल्याउँछन् । जब कि तेलबिनाको ल्वाङ कामलाग्दो हुँदैन । तपाईंले ल्वाङमा चाउरी परेको वा चिरा परेकोजस्तो पाउनुभयो, पुष्ट पाउनुभएन भने सम्झनुस् कि त्यसबाट तेल निकालिएको छ । त्यसलाई किनेर काम छैन किनभने त्यसले कुनै काम गर्दैन । ल्वाङको सबैभन्दा महत्वपूर्ण कुरा नै यसको तेल हो । तसर्थ तेलयुक्त ल्वाङबाट मात्रै इच्छित स्वास्थ्यलाभ लिन सकिन्छ ।

के के छन् त ल्वाङका फाइदा ? दाँत दुखाइमा आराम: तपाईंको दाँत दु’खेको खण्डमा ५ ग्राम कागतीको रसमा ३ वटा ल्वाङ पिसेर जहाँनेर दु’खेको छ ठीक त्यहीँ लगाउनुहोस् । तुरुन्तै आराम मिल्छ । अथवा बजारबाट ल्वाङको तेल ल्याएर कपास भिजाएर दु’खेको ठाउँमा लगाउँदा पनि राहत हुन्छ । यति पनि नभए ल्वाङलाई नै दु’खेको ठाउँमै पारेर च्यापिराख्दा पनि केही बेरमा आराम हुनथाल्छ । ल्वाङले दाँतका सबैखाले सं’क्रमण हटाउँछ ।

घा’उको उपचार: ल्वाङ निकै कडा रसयुक्त हुन्छ । कुनै पनि प्रकारको घा’उ छ भने जैतुनको तेलमा थोरै ल्वाङको तेल मिसाएर घा’उमा लगाउँदा घा’उ छिटै निको हुन्छ । का’टेको वा अन्य चो’टपटक लागेको अवस्थामा ल्वाङलाई पिसेर त्यसमा बेसार मिसाई लगाउँदा चोट चाँडै निको हुन्छ । त्यो पाक्ने स’म्भावना रहँदैन ।

घाँटीको खसखस: मौसमी परिवर्तन वा बाहिरी खानपानका कारण घाँटी बस्ने, खसखस हुनेजस्ता समस्या देखा परे १–२ घण्टाको अन्तरालमा एउटा ल्वाङ चपाउने वा त्यसलाई जिब्रोमा राखिराख्नाले घाँटी खसखस हुने वा दु’ख्ने समस्या हट्छ । पेट सफा राख्न: दिनमा २–४ वटा ल्वाङ चपाएर खानाले पूरै दिन ताजापन महसुस हुनाका साथै पेट पनि सफा रहन्छ । नियमित ल्वाङको से’वनले हरेक दिन पेट खलास हुन्छ ।

इम्युन सिस्टम वृद्धि:ल्वाङमा इम्युन बुस्टर हुन्छ जसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउन सहयोग गर्छ । ल्वाङको नियमित सेवनले कमजोरी हट्छ । हातगोडा का’म्दैन: कतिपयमा हातगोडा का’म्ने समस्या हुन्छ । यस्तो समस्या छ भने हरेक रात सुत्नुअघि १–२ वटा ल्वाङ चपाएर खानुपर्छ । केही दिनपछि हातगोडा का’म्ने समस्या निर्मूल हुन्छ ।

अन्य समस्यामा: टाउको दु’खेको छ घरमा अन्य औषधि छैन, भनेपछि के गर्ने ? यस्तोमा २–३ वटा ल्वाङ पिसेर मनतातो पानीसँग स्वाट्ट पिइदिनुपर्छ । केही बेरपछि नै राहत महसुस हुन्छ । कतिपय मानिसको आँखाको सेतो भागमा समस्या हुन्छ जसका कारण उनीहरूको दृष्टि कमजोर हुन्छ । यस्तो अवस्थामा तामाको भाँडामा ल्वाङ पिसेर त्यसमा थोरै मह मिसाई खानुपर्छ । फाइदा गर्छ ।

शरीरका लागि फाइदा गर्ने यति धेरै गुणहरु भएर पनि ल्वाङको बढी से’वन गर्नु चाहिँ हा’निकारक हुन्छ । यसको प्रकृति गर्मी खालको हुन्छ । तसर्थ यसको से’वन गर्नुअघि आयुर्वेदिक औषधिका विशेषज्ञसँग परामर्श लिनु राम्रो हुन्छ ।

९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया