
काठमाडौं / ठ’गीको आ’रोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर – ७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फ’रा’र भएका छन् ।
भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठ’गी गरेको अ’भियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फ’रा’र भएका हुन् । प्र’हरीले उनको खोजी गरिरहेको छ ।
उपत्यका अ’प’राध नि’य’न्त्रण कार्यालय काठमाडौँले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षीय ईश्वर गाइजुलाई सरकारी जग्गा र व्यक्तिको निजी जग्गा अनुमति बिना बैना रकम लिई ठ’गी गरेको अभियोगमा शुक्रबार प’क्रा’उ गरी थप का’रबाहीका लागि जिल्ला प्र’हरी परिसर भक्तपुरलाई बुझाएको थियो ।
सोही घ’टनामा थप अ’नु’सन्धान गर्ने क्रममा वडाध्यक्ष श्रेष्ठलगायतका व्यक्तिको संलग्नता देखिएको र उनीहरु वि’रुद्ध प’क्रा’उ पूर्जी जारी गरिएको परिसर भक्तपुरका प्रमुख प्र’हरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । “वडाध्यक्षसहित ६ जनाको नाममा प’क्राउ पूर्जी जारी भएको थियो । केशव अधिकारी र ईश्वर गाइजु हाल अ’नुसन्धानका क्रममा थुनामा रहेका छन् भने अन्य चार जना फ’रा’र छन्”, उनले भने ।
वडाध्यक्ष श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए । अधिकारी र गाइजुसहितको टोलीले चाँगुनारायण नगरपालिका–८ मा सरकारी र अन्य व्यक्तिको नाममा रहेको जग्गा जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैनाबापत करारनामा गरी रु पाँच करोड २० लाख ठ’गी गरेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का धनीराम राईले जा’हे’री दिएका थिए । रासस