सोमबार २० आषाढ २०७९

काठमाडौं / आजकल धेरै ठाउँहरूमा चट्याङका कारण मानिसले ज्या’न गु’माउनु परेका समाचारहरु बारम्बार आइरहन्छन् । चट्याङबाट बच्न घरभित्र बस्नु सबैभन्दा सुरक्षित उपाय हो । तर, घरभित्र बस्दा पनि चट्याङबाट सुरक्षित रहन विशेष सावधानी भने अपनाउनु पर्छ ।

राष्ट्रिय वि’पद् जो’खिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पानी परेको, गड्याङगुडुङ गरेको तथा चट्याङ परिरहेको बेला तारवाला टेलिफोन प्रयोग गर्न नहुने बताएको छ । विद्युतीय सामग्री चार्ज गर्न राखेको छ भने प्लगबाट छुटाइदिनुपर्छ ।

“मोबाइल, टेलिभिजन, वासिङमेसिन, कम्प्युटर, आइरन, फ्रिजजस्ता विद्युतीय सामग्री प्लगबाट छुटाउनुपर्छ,” प्राधिकरणले भनेको छ, “भाडा माझ्ने, नुहाउने काम गर्नु हुँदैन । अग्ला रुख, पर्खाल तथा झ्यालको छेउमा बस्नु हुँदैन, झ्याल, बरण्डा, सिँडीका ग्रिल छुन हुँदैन ।”

चट्याङमा कडा किसिमको विद्युतीय करेन्ट हुनेभएको र फलाम, तामा तथा पित्तलबाट त्यस्तो विद्युतीय करेन्ट तिब्र रुपले प्रवाह हुने भएकाले पानी परेको, गड्याङगुडुङ गरेको तथा चट्याङ परिरहेको बेला यस्ता सामग्रीहरु छुनु वा चलाउनु हुँदैन ।

चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट भएको भन्दै हामीले यसबाट जोगिन चाहिँ सकिने प्राधिकरणले जनाएको छ । यसबाट घरहरुलाई धातुका सामग्री प्रयोग गरी चट्याङबाट सुरक्षित गर्न सकिने प्राधिकरणको भनाइ छ । बाहिर हिँडिरहेको बेलामा बिजुली चम्किने र पानी पर्ने मौसम भएमा पानीबाट जोगिन ठूला रुखमुनि ओत लागेर बस्नु हुँदैन । चट्याङ प्रायजसो अग्लाअग्ला रुखहरुमा नै बढि मात्रामा पर्ने गर्दछ ।

“तामा, आल्मुनियम तथा जीआई (फलाम)का रड घरको सबभन्दा अग्लो भागमा राख्नुपर्छ । सोही धातुका रड तथा पाता जोडेर जमिनसम्म पुर्याएर तामाको रडसँग जोडेर अर्थिङ गरेको खण्डमा धेरैहदसम्म हाम्रा घरहरु चट्याङबाट जोगिन सक्छन्,” प्राधिकरणले भनेको छ ।

चट्याङबाट बच्न गड्याङगुडुङ गरेका बेला घरबाट बाहिर निस्किन नहुने र निस्किसकेको भए घर अथाव सुरक्षित स्थानमा प्रवेश गर्न पनि प्राधिकरणले भनेको छ । वि’पतबाट जोगिन आफू चनाखो हुन र यसबारे
विशेष चासो राख्न पनि प्राधिकरणको आग्रह छ ।

७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया