बुधबार २४ जेठ २०८०

काठमाडौं / जम्मा १९ यात्रुहरु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी-६, ट्विनअटर विमान आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो ।

यो विमानका लागि पोखरा-जोमसोम उडान समय १८ मिनेट हो । विमान जोमसोममा १०:१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छदै स’म्पर्कविहीन बन्यो ।

स’म्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठो’क्किन पुग्दा दु’र्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दु’र्घटनामा परेको उक्त विमान क्ष’तविक्षत अवस्थामा फे’ला परेको छ ।

विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको श’व फेला परेको छ । एकजना अझै ह’राइरहेको प्रह’रीले बताएको छ । चट्टानमा ठो’क्किएर खोंचमा विमान खसेकाले उ’द्धार र श’व निकाल्न क’ठिनाइ भएको प्र’हरीले बताएको छ ।

दु’र्घ’टनास्थलमा उ’द्धारका लागि खटिएका प्र’ह’री निरीक्षक राजकुमार तामाङका अनुसार दु’र्घटनास्थल निकै अ’प्ठ्यारो ठाउँमा थियो । करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठो’क्किएपछि खोंचमा ख’से’को अवस्थामा विमान फे’ला परेको उनले बताए । याे खबर आ’जको नागरिक दै’नि’कमा छा’पि’एको छ ।

४२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया