
जोमसोम, १६ जेठ / तारा एयरको जहाजमा सवार २२ ज’नाकै मृ’त्यु भएको छ । जहाजमा रहेका चालक दलका ३ सदस्य र १९ जना यात्रु सबैको मृ’त्यु भएको घ’टनास्थलमा खटिएका एक प्रहरीले जानकारी दिएका छन् । अहिले नेपाली से’ना, प्र’ह’री र घ’टनास्थलमा पुगेका स्थानीयको टोलीले श’व संकलन गरिरहेको छ ।
घ’टनास्थलमा रहेका थासाड गाउँपालिका वडा नम्बर ३ का स्थानीय युवा सुमित गौचनले घ’टनास्थलमा कोही पनि जि’वित नभेटिएको बताएका छन् । उनले भने, ‘अहिलेसम्म १२ ज’नाको श’व भेटिएको छ । अरुको खोज्दै छौं ।’ उनले श’वहरु क्ष’त’वि’क्षत अवस्थामा भेटिएको बताएका छन् ।
आइतबार बिहान १०:१० बाट सम्पर्क वि’च्छेद भइ मुस्ताङको आकाशमा ह’राएको तारा एअरको ९ एन एईटी जहाज सोमबार बिहान दु’र्घटनाग्रस्त अवस्थामा फे’ला परेको थियो । जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको थियो । जहाजमा चालक दलका ३ सदस्य, यात्रुहरु दुई जर्मन नागरिक, चार भारतीय र १३ नेपाली थिए ।
जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो । जहाजमा पाइलट प्रभाकर घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा थिए । जहाजमा दुई जर्मन नागरिक वी विलनर र मेइक ग्रिटग्राफ थिए । साथै भारतीय नागरिक बान्देकर वैसवी,अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी र ऋतिका त्रिपाठीसमेत सोही जहाजमा सवार थिए ।
यस्तै,जहाजमा नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ सवार रहेका नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ ।
बे’प’त्ता भएको जहाज समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा दु’र्घटना भएको थियो । थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार दु’र्घटनाग्रस्त अ’व’स्थामा जहाज भेटेका हुन् । सुन्दरकुमार थकाली / अन्नपूर्ण पोष्टबाट ।