
जोमसोम / आइतबार बिहान १०:१० देखि सम्पर्कवि’च्छेद भइ मुस्ताङको आकाशमा ह’राएको तारा एअरको ९ एन एईटी जहाज सोमबार बिहान फे’ला परेको छ । जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा रहेको सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको हो ।
पोखराबाट जोमसोमका लागि उडेको सो जहाज मानापाथी हिमालभन्दा केही तलको फेदीमा समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा रहेको तारा एअरको जहाज दु’र्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।
प्रजिअ शर्माका अनुसार थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जनाको टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार बिहानैदेखि ह’राएको जहाज खोजी कार्य सुरु गरेको थियो ।
दु’र्घटनामा परेको उक्त जहाज पूर्ण रुपमा क्ष’तिग्रस्त भएको छ भने जहाजका सबै सामानहरु छरपस्ट रुपमा पहाडमा छरिएको जहाज खोज्न गएका युवा सुमित गौचनले जानकारी दिएका छन् । सेनाले समेत भेट्न नसकेको उक्त जहाज यार्सागुम्बा सङ्कलन गर्न गएको टोलीले दु’र्घटना भएको देखेपछि सोमबार बिहानै खबर गरेका थिए ।
ह’राइरहेको जहाज भेटिएपछि जोमसोमबाट ३ वटै सुरक्षा निकायको टोली अहिले उ’द्धारका लागि घ’टनास्थलमा पुगेको प्रहरी निरीक्षक रामकुमार दानीले जानकारी दिएका छन् । अहिले जहाजको अवस्था बुझ्न जोमसोमबाट फिस्टेल एअरको हेलिकप्टर घ’टनास्थलतर्फ प्रस्थान गरिसकेको प्रशासनले बताएको छ ।
जहाजमा चालक दलका सदस्यहरु क्याप्टेन प्रभाकर घिमिरे, को–पाइलट उत्सव पोखरेल, एयर होस्टेज क्रिष्टी थापा सहित यात्रुहरुमा बान्देकर वैसवी,इन्द्रबहादुर गोले, पुरुषोत्ताम गोले, राजनकुमार गोले, मेइक ग्रिटग्राफ, बसन्त लामा सवार रहेको जानकारी प्राप्त भएको छ ।
त्यसैगरी सोही जहाजमा अन्य यात्रुहरु गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर सवार रहेका थिए ।