बुधबार २४ जेठ २०८०

काठमाडौं / सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता दिने जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आईतबार व्यवस्थापिका संसदमा पेश गर्नुभएको आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सो जानकारी सार्वजनिक भएको हो ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मानव सुचकांकमुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने जानकारी दिएका हुन् ।

यो पनि :- आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य : सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेका सरकारको आगामी आर्थिक वर्षको बजेटमा यो घोषणा गरेका हुन् ।

उनले पालको विशष्टिता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गरिने बताए ।

त्यस्तै लिम्बू, राई, थारु, गुरुङ, कुमाल, मगर, हायू राजवंशी लगायतका जनजातीका मुख्य थलो सांस्कृतिक रुपमा मिथिला क्षेत्र, आधुनिकताले नछोएका गाउँहरु र ग्रामिण जीवन विशेष प्राकृतिक स्थल तथा भिन्न प्रकारको संस्कृति एवं रहन–सहन भएका क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने भएको छ ।

कोभिड १९ महामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्रसम्वद्ध व्यवसायको आर्थिक वर्ष २०७९/८० को वार्षिक इजाजत र नवीकरण दसतुर छुट दिने व्यवस्था मिलाएको छ भने पर्यटन क्षेत्रको पुनरुत्थानको लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिएको छ । भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणको कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न २ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै सरकारले स्थानीय तहको लागत साझेदारीमा २१६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि ९० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री शर्माले बताएका हुन् । उनले उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालय ट्रेलको लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

त्यस्तै सरकारले सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरुको शाहसीक पहिचान झल्कने संग्रहालय स्थापना गर्ने, काठमाडौं महानगरपालिकासँगको सहकार्यमा एक नेवार संग्रहालय स्थापना गर्नुका साथै पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण समिति गुरुयोजना कार्यान्वयन गर्न सहयोग गर्ने भएको छ ।

अर्थमन्त्री शर्माले भनेका छन्, ‘नेपालको विशष्टिता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गरिनेछ ।

आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने गरी कार्यक्रम सञ्चालन गरिनेछ । नेपालको भौगोलिक विविधता र विकटतालाई पृथक र नविन पर्यटकीय थलोको रुपमा विकास गरी नयाँ पुस्तालाई नेपाल भ्रमणको लागि आकर्षित गरिनेछ ।’

उनले थपे, ‘दीगो विकास तथा वातावरण संरक्षणतर्फ संवेदनशील हुँदै उच्च मूल्यका हरित पर्यटन तथा पर्यापर्यटन प्रवद्र्धन गरिनेछ । लिम्बू, राई, थारु, गुरुङ, कुमाल, मगर, हायू राजवंशी लगायतका जनजातीका मुख्य थलो सांस्कृतिक रुपमा मिथिला क्षेत्र, आधुनिकताले नछोएका गाउँहरु र ग्रामिण जीवन विशेष प्राकृतिक स्थल तथा भिन्न प्रकारको संस्कृति एवं रहनसहन भएका क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ ।

कोभिड १९ महामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्रसम्वद्ध व्यवसायको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक इजाजत र नवीकरण दसतुर छुट दिने व्यवस्था मिलाएको छु । पर्यटन क्षेत्रको पुनरुत्थानको लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिएको छु ।’

उनले फेरि भने, ‘होटल व्यवसायलाई नेपालमा उत्पादित खाद्यान्न, माछा, मासु, तरकारीलगायतका वस्तुहरु प्रयोग गर्न उत्प्रेरित गर्नेछ । ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको उत्खनन कार्यलार्ई निरन्तरता दिइनेछ ।

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणको कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न २ अर्ब रुपैयाँ विनियोजन गरेको छु । पर्यटकीय पूर्वाधारको क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ । प्रदेश र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनतात्मक तथा साहसी पर्यटनको लागि हिल स्टेशन विकास गर्न प्रोत्साहन गरिनेछ ।’

सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने भएको छ । त्यस्तै त्रिभूवन विमानस्थलको व्यवस्थापन गर्न ट्याक्सी वे र दोस्रो टर्मिनल भवन निर्माणका लागि २ अर्ब २० करोड विनियोजन गरेको छ ।

हवाई चाप र यात्रुको विश्लेषणको आधारमा गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य बढाइने, धनगढी विमानस्थललाई स्तरोन्नती गरी क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्न सम्भाव्यता अध्ययन गरिने र सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्य अघि बढाउने घोषणा गरेको छ ।

अर्थमन्त्री शर्माले उदयपुर विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिने बताउँदै हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड रुपैयाँ छुट्याएको बताए ।

५०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया