
काठमाडौं, १५ जेठ / जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्ध भत्ता नलिने घोषणा गरेका छन् । उनले वृद्धभत्ता अर्थात् सामाजिक सुरक्षा भत्ता ६८ वर्षमा दिने नीतिप्रति अ’स’न्तुष्टी व्यक्त गर्दै भत्ता नलिने घोषणा गरेका हुन् ।
म ६८ वर्षमै वृद्धभत्ता लिएर यस्तो गरीब राज्यलाई थप बो’झ बनाउन चाहन्नँ,’ ६८ वर्ष कटिसकेका भट्टराईले भने,‘वृद्धभत्ता नलिने घोषणा गर्छु ।’ भट्टराईले पैसा छर्ने काम गरेको भन्दै अ’स’न्तुष्टि समेत जनाएका छन् । उनले सामाजिक सुरक्षा भत्तामा यसरी उमेर घटाउनु ठिक नभएको बताएका छन् ।
सरकारले अब ६८ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । यसअगाडि ७० वर्ष माथिका जेष्ठ नागरिकलाई मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको थियो ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेका सरकारको आगामी आर्थिक वर्षको बजेटमा सोे कुरा उल्लेख गरिएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ३४ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
साथै, सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने ब्यक्तिलाई सरकारले विशेष सम्मान गर्ने भएको छ । त्यस्तै म्यादी प्रहरीलाई लक्षित गरी उद्यमशील र रोजगारीका कार्यक्रम प्रदान गरिने भएको छ ।