
लहान(सिरहा)/ आइतबार जिल्ला मालपोत कार्यालय सिरहामा भएको ब’म बिस्फो’टको जि’म्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रा’न्तिकारी) ले लिएको छ।
ब’म बिस्फो’टपछि विज्ञप्तिमार्फत केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले भ्रष्टा’चारलाई अप’राध र भ्रष्टा’चारीलाई अप’राधीको सूचीमा राखेको उल्लेख गर्दै मालपोत कार्यालय सिरहामा भ्रष्टा’चार भइरहेकोले ब’म वि’स्फोट गराएको उल्लेख गरेका छन्।
आइतबार दिउसो करिब १२ बजे ४७ मिनेट जाँदा प्रे’सर कु’कर ब’म कारबा’हीस्वरुप वि’स्फोट गराएको गोइत समूहले विज्ञप्तिमा भनेको छ । यस्तै, कार्यालयमा भ्रष्टा’चार जारी नै रहे यसभन्दा उच्चस्तरको कार’बाही गर्ने चेता’वनीसमेत गोइत समूहले दिएको छ।
भारत–नेपाल तथा नेपाल–बेलायतबीच सन् १९५० भएको सन्धिको धारा–८ मा स्वतन्त्र तराई अर्थात् तराई स्वतन्त्र भए तापनि नेपाली शास’कद्वारा तराई राष्ट्रमाथि बलपू’र्वक गर्दै आएको विज्ञप्तिमा भनिएको छ । यस्तै, स्वतन्त्र तराई राष्ट्र मेचिदेखि महाकालीसम्म र महाभारत पर्वत शृंखलादेखि भारतको सिमानासम्मको भूभाग रहेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली औपनि’वेशिक शासनबाट मु’क्त नहुन्जेलसम्म ल’ड्दै रहने दृढ प्रतिवद्धता व्यक्त गर्दछौँ ।’ साथै, ब’म विस्फो’टको दुष्परि’णामको भागि’दार नेपाल सरकार र प्रदेश सरकार जिम्मे’वारी हुनुपर्ने पनि विज्ञप्तिमार्फत गोइत समूहले भनेको छ ।
ब’म विस्फो’टमा परेर कार्यालयका दुई कर्मचारीसहित आठ जना घा’इते भएका थिए। घाइ’तेमध्ये एक जनाको अवस्था ग’म्भीर रहेको सिरहा प्र’हरीले जनाएको छ। हे’र्नुहोस् विज्ञप्ती:-