बुधबार २४ जेठ २०८०

धरान / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफू नष्ट हुने तर, भ्रष्ट नहुने बताएका छन् । शनिबार धरान १४ बिजयपुर चोकमा धरान नगर राप्रपाले गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘ लाख करोडको कुरा हैन एक रुपैयाँ पनि भष्ट्रचार गरेको छैन भनेर जुनै मन्दिर पनि र्छिनु सक्नु । म नष्ट हुन्छु तर, भष्ट्र हुन्न । यो जन्म मात्र हैन अर्को जन्ममा पनि भष्ट्रचार गर्दिन । अहिले मैले भष्ट्रचार गरेको प्रमाणित भएमा म हजुरहरुकै घरमा कुकुर भएर काम गर्छु । ’, लिङदेनले भने ।

नेपालमा अर्थीक अभाव छ भनिन्छ अनी भष्ट्रचार पनि दुबोझै मौलाएको छ ? जनताको ढाड सेक्ने गरि कर बढेको बढेकै छ अहिलेको सरकारलाई त्यसको कुनै लेखाजोखा नै नभएको र कलिला केटाकेटी युवा उमेर समूहमा प्रवेश गरेको भोली पल्ट नै विदेश जानु पर्ने बाध्यताबारे अहिलेको सरकार बेखबर बनेकोमा उनले आपत्ती समेत जनाए ।

राप्रपाले जनताको विश्वासका कुण्ठाघात नगर्ने बताउँदै लिङदेनले भने यति पैसा खुवायर मेरो काम गरे भन्नु भष्ट्रचार कुन तहमा जादै छ भन्नु हो ।एमाले कांग्रेस , र माओवादीले आज सम्म अनुभूती गर्ने कुरा के दियो ? शव्दमा मात्र प्रजातन्त्र आएर हुँदैन् तर, राप्रपालाई अवसर दिनु हामी जनताको आधारभुत आवश्यक्तामा जनताले अनुभव हुने गरि काम गछौै ।

त्यसैले समयमा नै सोच्नु अबको विकल्प राप्रपा नै हो । कांग्रेस परित्याग गरि राप्रपाबाट चुनाव लडेका कृष्ण प्रसाद भट्टराईले धरान १४ मा जित हासिल गरेका हुन् । बहुदल पछि धरानका पहिलो पटक राप्रपाले चुनाव जितेको हो ।

३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया