शुक्रबार १९ जेठ २०८०

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानका स्वतन्त्र मेयरहरु अहिलेको परिस्थितिमा अलिक विशिष्ट ढंगले आएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै प्रचण्डले अन्य महानगर र उपमहानगरभन्दा काठमाडौं महानगर र धरान उपमहानगरका मेयरमा स्वतन्त्र उम्मेदवार अलिक विशिष्ट ढंगले आएको बताएका हुन् ।

प्रचण्डले भने, ‘काठमाडौंको मेयर र धरानका मेयर अलिक विशिष्ट ढंगले आउनुभयो । बालेन र हर्क स्वतन्त्र रुपमा आउनुभयो । स्थानीय तहको निर्वाचनमा धरान र काठमाडौंमा जुन विचार र संकल्पसहित जनतामा प्रस्तुत हुनुभयो । यसलाई विशिष्ट मान्नुपर्छ ।

काठमाडौं र धरानमा संविधानभित्रै रहेर आउनुभएको हो। दुवै मेयरलाई धन्यवाद पनि दिन चाहन्छु । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाअनुरुप अन्य दलहरुसँग पनि समदुरी जुटाउन सक्नुस् ।’

काठमाडौं र धरानबाहेक अन्यत्रका स्वतन्त्र भनिए पनि उनीहरू पार्टीकै नेता कार्यकर्ता भएको बताए । जनकपुर र धनगढीका स्वतन्त्र भनिएका उम्मेदवारको पछाडि दलकै कार्यकर्ता रहेको भन्दै उनीहरु स्वतन्त्र नभएको प्रचण्डको भनाइ थियो ।

बालेन र हर्कहरुको सफलतालाई राजनीतिक दललाई झा’पड, थ’प्पड र चुनौती भनेर आइराखेकोमा पनि उनले असहमति जनाएका छन् । आफूले चाहि विशिष्ट मान्ने उनले बताए । ‘मेरो विचारमा संघीय लोकतान्त्रिक गणतन्त्रको फुलबारीभित्र काठमाडौं र धरानमा फेरि नयाँ दुईटा फूलहरु फक्रिएको जस्तो लाग्छ । फुलबारी गणतन्त्र र संविधानकै हो,’ उनले भने ।

दाहालले दलहरुले नीति सुधार्नुपर्ने, आत्मसमीक्षामा ध्यान दिनुपर्ने र उम्मेदवार छनोटमा ध्यान दिनुपर्ने देखाएको बताए । प्रचण्डले भने, ‘तर दललाई चुनौती भनेर बुझ्नु हुँदैन । सावधानी बनाउने कुरा हो । राजनीतिक दलहरु एक्लै छौं भन्ने सोंचलाई परीवर्तन गराएको छ । हाम्रा कमजोरी सच्याउने यो अवसर पनि हो ।’

उनले घे’राबन्दीलाई चि’रेर सफल हुन शुभकामना दिए । ‘इतिहासको विभिन्न कालखण्डमा यस्ता पात्रहरु जन्मिन्छन् । तर असफल पार्न घे’राबन्दी हुन्छ । यसखालको घे’राबन्दीबाट मुक्त राख्दै साच्चिकै सेवामा लाग्ने वातावरण बनोस्,’ उनले भनेका छन् । अन्नपूर्ण पोष्टबाट ।

४३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया