
काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महंगीको मा’रले नेपाली जनताको ढाड सेकिएको बताएका छन् । शनिबार बसेको संसद् बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
महंगी यसरी दैनिक रुपमा बढ्दै गएमा प्रत्येक भान्साबाटै वि’द्रोह सुरु हुने परिस्थिति बनेको प्रचण्डले बताए । जनतालाई महंगीको मा’रबाट जोगाउन र राहत दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आफुले कुरा गरेको बताएका छन् ।
महंगीको मा’रले नेपाली जनताको ढाड सेकिएको छ । अब प्रत्येक भान्साबाटै वि’द्रोह सुरु हुन्छ भन्या जस्तो परिस्थिति आएको छ’ प्रचण्डले भने ‘दिनदिनै महंगी बढ्यो । जनता आजित भइसके । यसको सा’मना हामीले गर्नुपर्छ ।’
‘मुल्यवृद्धि जसरी भएको छ । महंगीको मा’रबाट जनता बचाउनका लागि पेट्रोलियम पदार्थको कर हटाएर जनतालाई राहत दिऔँ । सरकारको ध्यान जाओस्’ प्रचण्डले भने ‘कर घटाएर भए पनि मुल्यवृद्धि रोकौँ भनेर भनेको प्रधानमन्त्रीलाई ।’
प्रचण्डले काठमाडौँ महानगरपालिकाका मेयर र धरान उपमहानगरपालिकाको मेयर मात्रै स्वतन्त्र भएको बताए । उनले अन्य ठाउँमा जितेका स्वतन्त्र उम्मेदवार दलका कार्यकर्ता भएको बताए ।
‘काठमाडौँ र धरानमा नयाँ फूलहरु फक्रिएका छन् । यही व्यवस्थाको उपलब्धि हो’ प्रचण्डले भने ‘तर यो राजनीतिलाई चुनौती मात्रै होइन हामीलाई सचेत हुन र कमीकमजोरी सच्याउन अवसर पनि हो ।’
एमाले कार्यकर्ताप्रति भरोसा र विश्वास रहेको बताए । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली द’म्भ र अ’हंकारबाट पछि नहटेको बताएका छन् । तर ओलीले घो’चपेच मात्रै गरेको उनले बताए । ‘ओली द’म्भ र अ’हंकारबाट पछि हटेनन् ।
एमाले कार्यकर्ताप्रति भरोसा र विश्वास छ’ प्रचण्डले भने ‘ओलीसँग यो द’म्भ र अ’हंकार नहुने हो भने अरु सबै एमालेका कार्यकर्तासँग मिलेर काम गर्न म कठिन हुने देख्दिन । तर ओलीले अझै बा’ण प्र’हार गर्नुभयो । आज यो परिस्थिति कसले बनायो ? जिम्मेवारी को ?’
मलाई नमिठो अनौठो लाग्यो अस्ति प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताले भनेका कुरा । हामी कसैको बैशाखी टेकेर हिड्दैनौँ भन्नु भो । म त्यहीँ अगाडी छु आँखा जुधेको छ । आज आउनु भएन’ प्रचण्डले भने ‘मेरो अगाडि कम्तिमा पनि जसको सहयोमा दुई पटक प्रधानमन्त्री बन्नुभयो । यो बैशाखी हो कि सहयोग हो ?’
‘चुनावले बलियो सन्देश दियो, ति सबै तत्वलाई यस्तो महत्वपूर्ण सन्देश दियो जसले संविधान उल्ट्याउन, कमजोर बनाउन, मि’च्न चाहनेलाई तत्वलाई राम्रो जवाफ दियो’ प्रचण्डले भने ।
‘समस्या समाधन गर्न साझा संकल्प र प्रतिवद्धताको आवश्यक देखिएको छ । तर अस्तिदेखि घोचपेचको अवस्था मात्रै देखियो’ प्रचण्डले भने ‘तर हामीमा छलफल भएन । समस्या समाधानका लागि नयाँ भिजन दिनेभन्दा एकले अर्कोलाई दो’ष दिएरमात्रै बस्यौँ ।’ ई-कागजबाट ।