
काठमाडौं / सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुलाई आफ्नो विचार राख्न अवरोध गरेर ग’ल्ती गरेको टिप्पणी गरेकी छन् ।
मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी ओलीलाई संसदमा प्रश्न गर्दा संसद अ’व’रुद्ध पारेर सांसदहरुले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो विचार राख्न एमालेले नदिएको आ’रोप लगाएकी हुन् ।
शुक्रबार एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमबारे दिएको कतिपय अभिव्यक्ति नि’रा’धार र झु’टो रहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आ’प’त्ति जनाएपछि त्यसको वि’रोधमा एमालेले प्रतिनिधिसभा अ’व’रुद्ध पारेको थियो ।
सोही प्रसंग उल्लेख गर्दै मन्त्री झाँक्रीले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीलाई प्रश्न नै गर्न नमिल्ने हो र ? भनि प्रश्न समेत गरिन् । उनले भनेकी छन्, ‘के डमोक्रेसीमा उहाँले भनेको कुरा यो ग’ल’त हो भन्न नपाउने त होइन होला । फेरि संसदका आफ्ना मर्यादाहरु पनि छन् । मर्यादा भित्र त सबैले बस्नुपर्छ नि ।
तर उहाँलाई कसैले पनि प्रश्न नैं गर्न नहुने प्रश्नरहीत व्यक्ति हो र ? प्रश्नरहीत व्यक्ति त होइन होला नि ? त्यसो भएको हुनाले त्यसको जवाफ अरु ढंगले पनि त दिन सकिन्थ्यो । हाम्रा जायज प्रश्नहरूदेखि उहाँ सधैं तर्किरहनुभयो ।
नेताहरुले लामोलामो वक्तव्य दिँदा सांसदहरुले आफ्नो विचार राख्ने काम बाँकि नै छ । त्यसैले यसरी अ’व’रोध गर्नु राम्रो होइन ।’मन्त्री झाँक्रीले संसदमा आ-आफ्नो मर्यादा भित्र सबैजनाले रहनुपर्ने पनि स्पष्ट पारिन् ।