बुधबार २४ जेठ २०८०

काठमाडौं / काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा नवनिर्वाचित बालेन्द्र शाह (बालेन) बधाई ज्ञापन र्यालीपश्चात कार्य क्षेत्र ‘फिल्ड’ मा खटिएका छन् ।

शुक्रबार काठमाडौंका आफ्ना सबै सर्वसाधारण र मतदाताहरुको बधाई ज्ञापन र्याली सकिएपछि नवनिर्वाचित मेयर बालेनले काठमाडौं उपत्यकाबाट फोहोर लगेर विसर्जन गरिने ठाउँ सिस्डोल र बञ्चरेडाँडाको स्थलगत रुपमा अवलोकन गरेका छन् ।

आजको यो दृश्य र बालेन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को स्टाइल एउटै देखिएको छ । जबकि दुवै जितसँगै फिल्डमा खटिएका छन् । दुवैजना स्वतन्त्र रुपमा उम्मेद्वार भई ‘लौरो’ चुनाव चिन्ह लिएर विजयी भएका हुन् ।

त्यसो त बालेनले पहिले काठमाडौंको फोहोर समस्यालाई दीर्घकालीन समाधान नगरी जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने घोषणा गरेका छन् ।

मेयर भएपछि यो उनको पहिलोपटक काठमाडौंको फोहोर विसर्जन क्षेत्रको स्थलगत अवलोकन हो । निर्वाचित भएलगत्तै उनी ल्यान्डफिल्ड साइट पुगेका हुन् । उनले काठमाडौंको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने बताएका छन् ।

४८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया