शुक्रबार १९ जेठ २०८०

काठमाडौं, जेठ १३ / सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकले पूर्वाधार कर हटाउने निर्णय गरेको बताएका छन् ।

मन्त्रिपरिषदबाट निर्णय भएर कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री बडूले बताएका छन् । १० रुपैयाँ कर हटेपछि पेट्रोल १० रुपैयाँ सस्तो हुने भएको छ ।

यो पनि :- भारत सरकारको सहयोगमा निर्मित स्कुलको उद्घाटन : काठमाडौं / भारत सरकारको अनुदानमा निर्मित विद्यालयको उद्घाटन गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासका कार्यबाहक राजदूत नामग्य सी खम्पाले मुस्ताङको लोमान्थाङ-३ स्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको उद्घाटन गरेकी हुन् ।

सो अवसरमा भारत सरकारले उक्त स्कुललाई बस पनि हस्तान्तरण गरेको थियो । भारतीय दूतावासका अनुसार घरपझोङ गाउँपालिकालाई उपहारस्वरुप एम्बुलेन्स प्रदान गरिएको छ । भारत-नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत दुई करोड ६३ लाखको लागतमा उक्त विद्यालयको संरचना स्तरोन्नति भएको हो ।

यो परियोजा ‘इन्डिया ७५ आजादीका अमृत महोत्सव’अन्तर्गतको कार्यक्रम रहेको दूतावासले जनाएको छ । सामुदायिक विकास परियोजनाअन्तर्गत भारतले मुस्ताङमा १५ वटा परियोजना सम्पन्न गरेको जनाएको छ ।

१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया