
काठमाडौं / चितवनको भरतपुरकी नवनिर्वाचित भएर रेनु दाहाल दु’र्घटनामा परी घा’इते भएकी छन् । हाल उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठो’क्कि’एर दु’र्घ’टना भएको थियो । दाहालको टा’उकोमा चो’ट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँ’का लगाइएको भएपनि उनको अवस्था भने ख’त’रामुक्त रहेको बताइएको छ ।
शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै उनी सवार गाडी पोलमा ठो’क्कि’एर दु’र्घ’टना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । दु’र्घ’टनामा परी घा’इते भएकी मेयर दाहालको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
यो पनि :- आयल निगम डिपोमा भएको आगलागी नियन्त्रणमा : लुम्बिनी / नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ११ः४० बजेको तेल खनाउने क्रममा लु २ ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्याङ्करमा लागलागी भएको थियो ।
आगलागीबाट लु२ख २६५६ नम्बरको ट्याङ्कर पूर्णरुपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । आगलागीबाट ट्याङ्करका दुई जना सामान्य घा’इते भएकोसमेत उनले बताए ।
घा’इतेमध्येका एक सहयोगी तिलोत्तमा नगरपालिका–९ का १८ वर्षीय विजेश चौधरीको हात र खुट्टा ज’ले’को र उनको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।