
काठमाडौं / निकै चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन) भारी मतका विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २३,४२६ मतान्तरले पराजित गर्दै काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन साह विजयी भएका हुन् ।
वालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । उनले ३८ हजार ११७ मत प्राप्त गरेका छन्, भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत, राप्रपाका मदनदास श्रेष्ठले ५ हजार ७७० मत र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६४७ मत प्राप्त गरेकी छन् ।
त्यस्तै काठमाडौं महानगरको उपमेयरमा नेकपा (एमाले)की सुनिता ढंगोल भारी मतका साथ विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा (एस)का रामेश्वर श्रेष्ठलाई ४४,८०६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । सुनिताले ६८ हजार ६१२ मत प्राप्त गरिसकेकी छन्, भने रामेश्वरले २३ हजार ८०६ मत प्राप्त गरेका छन् । यसका साथै स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जनले १३,६९५ मत र राप्रपाकी विनिता मगैयाले १२,१४१ मत प्राप्त गरेकी छन् ।
यो पनि :- महानगरबासीका ‘बाहुबली’ :
काठमाडौं महानगरपालिका – बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबली’ को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले।
‘यो कुनै सिनेमा थिएन तर प्रत्येक पल यु’द्ध जितेजस्तै भइरहेको थियो,’ बसमा अंकित बाहुबलीको चित्रतर्फ मतदान गरेको बुढी औंलाको चिनो देखाउँदै बराइलीले भने, ‘यतिबेला बालेन्द्र मेरो सपना पुरा गर्ने बाहुबली बनेका छन्।’
हिन्दी चलचित्र ‘बाहुबली’ मा आफ्नो पहिचान खोज्दै आएका अमरेन्द्र बाहुवलीले नयाँ साम्राज्य निर्माण गरेजस्तै पहिचानकै खोजीमा निस्केका बालेन्द्र साहले समानताको नयाँ महानगरपालिका रचना गर्ने उनको विश्वास छ। बराइली मात्र होइन, बहुमत महानगरवासीको विश्वासलाई साकार बनाउँदै स्वतन्त्र उम्मेदवार बालेन्द्र काठमाडौं महानगरको मेयरमा चुनिएका छन् ।
कुल खसेको १ लाख ९१ हजार १ सय २५ मतमध्ये ६१ हजार ७६७ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन् । त्यस्तै एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
एकातिर मेयर पदमा स्वतन्त्र उम्मेद्वार वालेन शाहले जित्नु र अर्कातिर उपमेयर पदमा राजनीतिक पार्टीभित्रबाट पनि युवा जोश र जागर बोकेकी सुनिता डंगोललाई नै जनताले छानीछानी मत दिनुले पनि यो प्रष्ट पारेको छ कि महानगरबासीले कुनै निश्चित पार्टीलाई होइन काम गर्न सक्ने जोश र जाँगर बोकेका सक्षम युवा नेतृत्वलाई नै रुचाएका छन् , रोजेका छन् । स्थानीय तहको निर्वाचनलाई हेर्दा काठमाडौंमा मात्रै नभएर अहिले देशभरि नै थुप्रै युवाहरु नेतृत्वमा छानिएर गएका छन् ।