शुक्रबार २२ मंसिर २०८०

सिरहा/ सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज आइतबार अपराह्न ब’म वि’स्फोट हुँदा एक कर्मचारीसहित आठ जना घा’इते भएका छन् । घाइ’तेमध्ये दुई जनाको गम्भी’रावस्था छ ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर ब’म बि’स्फोट हुँदा छ’र्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइ’ते हुनुभएको छ ।

ब’मकै छ’र्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घा’इते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

घाइ’तेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था ग’म्भीर रहेकाले उप’चारका लागि विराटनगर पठाइएको र बाँकी घाइ’तेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनुभयो ।

वि’स्फोटबाट कार्यालयको एउटा कोठामा आ’गोसमेत लागेको छ । आ’गो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । उहाँका अनुसार घट’नास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको पर्चा पम्पलेट फेला परेको छ ।

४५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया