शुक्रबार २२ मंसिर २०८०

एजेन्सी/ सफ्टवेअरमा बग खोज्ने ह्याकरहरूले महामारीका बेला चार करोड डलर कमाएका छन् ।

उनीहरुले सन् २०२० मा विभिन्न सफ्टवेअरमा भएका खराबी औँल्याएर झन्डै चार करोड डलर कमाएको जनाएको छ।

‘ह्याकर वन’ नामक संस्थाका अनुसार ह्याकरहरूले औँल्याइदिएका ‘बग’ वा त्रुटिबारे सम्बन्धित कम्पनीलाई बताइदिएपछि ९ जना ह्याकर प्रत्येकले १० लाख डलर पुरस्कार पाएका थिए । त्यसरी सुरक्षाका निम्ति ह्याक गर्नेहरूलाई ‘ह्वाइट’ वा ‘एथिकल’ ह्याकर पनि भनिन्छ।

बीबीसीका अनुसार दुई वर्ष अगाडिदेखि मात्र यस्ता त्रुटि वा खराबी खोज्ने काम थालेका एक रोमानियाली पुरुषको आम्दानी २० लाख डलर नाघ्यो। यूकेका धेरै कमाउने ह्याकरले गत वर्ष झन्डै ४ लाख डलर कमाए।

महामारीले यी ह्याकरहरूलाई काम गर्न धेरै समय उपलब्ध गराएको ह्याकर वन संस्थाले जनाएको छ ।

३६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया