
काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको बताएका छन् । बुधबार बानेश्वरमा जारी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
यस पटकको निर्वाचनमा अन्य दलमा नभई एमालेभित्रै अन्तर्घात भएको बताउँदै उनले भनेका छन्, ‘कांग्रेस, माओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यसपटक एमालेमा अन्तर्घात भयो । कहाँबाट सिके यस्तो यस विषयमा बृहत्रुपमा समीक्षा गरिनुपर्छ ।’
चार-चार वटा महानगरपालिकामा एमालेले उपमेयर जितेपनि मेयर जित्न नसक्नुको कारण अन्तर्घातको भएको उल्लेख गरे । त्यस्तै अध्यक्ष ओलीले सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप पनि लगाए ।
यो पनि :- तिब्बती शरणार्थीलाई उकासेको भन्दै ओलीद्वारा अमेरिकी उपसहायकमन्त्रीको आ’लोचना : काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अमेरिकी उपसहायक मन्त्री उज्रा जियाले नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई उक्याउने गतिविधि गरेको आ’रोप लगाएका छन् । उनले नेपालको स्थापित मूल्य र मान्यतालाई ख’ण्डित गर्ने गरी जियाले गतिविधि गरेको आ’रोप लगाएका हुन् ।
आज एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले नेपाली भूमिलाई प्रयोग गरेर तिब्बती शरणार्थीलाई उकास्ने कार्य भएको टिप्पणी गरे । एमाले बैठकबाट संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिदै ओलीले तिब्बती शरणार्थीको मामलामा अमेरिकी उपमन्त्रीको कदमबारे सविस्तार चर्चा गरेको समेत बताए ।
‘नेपालको परराष्ट्र नीतिका स्थापित मूल्य र मान्यताहरुलाई खण्डित गर्ने प्रकारको व्यवहार अमेरिकी उपसहायक विदेशमन्त्रीबाट भयो,’ ओलीको भनाई उदृत गर्दै भट्टराईले भने । ओली नेपाली भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने परराष्ट्र नीति रहेको भन्दै त्यसमा एमाले प्रतिवद्ध भएर लाग्ने बताए ।
नेपाल भ्रमणका क्रममा अमेरिकी उपसहायक मन्त्री जियाले जावलाखेल र बौद्धस्थित तिब्बती शरणार्थी शिविरमा पुगी भेट गरेकी थिइन् । उनी भारतस्थित धर्मशालामा दलाई लामालाई भेटी नेपाल भ्रमणमा आएकी थिइन् । जियाको नेपाल भ्रमण र तिब्बती शरणार्थीसँगको भेटलाई चीनले चासोका साथ लिएको थियो ।