बिहिबार १८ जेठ २०८०

काठमाडौं / प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ब’ला’त्कारको घ’ट’नामा का’नुनमा रहेको ह’दम्याद हटाउने बताएका छन् ।

बुधबार कांग्रेसका नेतृहरूको टोलीले स्थानीय तहको जनप्रतिनिधिमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेको, महंगी बढेको तथा सामाजिक अ’प’राधका घ’ट’नाहरुमा न्या’य नि’रुपण ज’टि’ल बनेको भन्दै गरेको ध्यानाकर्षणमा देउवाले ह’दम्याद तत्काल ह’टाउने प्रतिबद्धता जनाएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिएकी छन् ।

ध्यानाकर्षणपत्र बुझाउँदै संसदीय दल सचेतक पुष्पा भुषालले स्थानीय निर्वाचनबाट महिला प्रतिनिधित्व पार्टीबाट कम भएकोमा ध्यानाकर्षण गराएकी थिइन् । उनले आउँदो प्रदेश र संसदीय निर्वाचनमा महिलाहरुको सम्मानजनक उपस्थिति पार्टीले गराउन अनुरोध गरेकी थिइन् । जवाफमा देउवा उपस्थिति कम भएको स्वीकार गर्दै यो विषयमा पछि सल्लाह गर्ने प्रतिबद्धता जनाएका थिए ।

टोलीले प्रधानमन्त्री देउवालाई लैं’गिक हिं’सासम्बन्धी का’नुनको पुनरावलोकन, आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन र आगामी वर्षको बजेटमा महिलाको स्वास्थ्य पूर्ण रुपमा समेटिनुपर्ने पनि ध्यानाकर्षण गरेको छ ।

१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया