शुक्रबार १९ जेठ २०८०

पोखरा (कास्की) / पोखरा उपमहानगरपालिकाको उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी दोश्रो कार्यकालका लागि पालिकामा फेरि दोहोरिएकी हुन् ।

मंगलबार अबेर सम्पन्न मतगणनामा उनले गठन्धनका नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई फराकिलो मतान्तरले पराजित गर्दै गुरुङ उपमेयरमा विजयी भएकी हुन् । विजयी मञ्जुदेवी राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनिसमेत हुन् ।

मञ्जुदेवी गुरुङले ६० हजार ५ सय ४६ मत ल्याइन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत पाएकी छन् ।

मञ्जुमाया २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन् । उता मेयरमा भने गठबन्धनका उम्मेदवार बनेका धनराज आचार्य विजयी भएका छन् ।

यो पनि :- बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी : बर्दिया । बर्दियाको राजापुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । प्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी हुनुभएको छ ।

थारू ९ हजार ८०७ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगेसका दीपकजङ्ग शाहले ९ हजार ७६०, नेकपा (एमाले) का पहारी चौधरीले ६ हजार ७२, नागरिक उन्मुक्ति पार्टीका रामगोपाल चौधरीले एक हजार ३४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका राममणि उपाध्यायले ५९४, स्वतन्त्र उम्मेदवार मोहनलाल चौधरीले ३१८ र राष्ट्रिय जनमोर्चाका शिवलाल उपाध्यायले १७ मत ल्याउनुभएको छ ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी चौधरी १० हजार ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिद्वन्द्वी कांगेसकी यशोदा थारूले १० हजार ४५ मत, एमालेका सावित्री शर्मा बख्रेलले पाँच ४२२, नागरिक उन्मुक्ति पार्टीका सङ्गीता चौधरीले १२९७, राप्रपाका सम्झना उपाध्यायले ६०५ र राजमोका सुमित्रा सुनार्नीले १२ पाउनुभएको छ ।

माओवादी केन्द्रले वडा नं ३, ४, ५, ६, ८ र १० मा वडाध्यक्ष जितेको छ । वडा नं १ मा कांग्रेसका बाबुराम चौधरी, वडा नं २ मा काग्रेसकै रामचन्द्र चौधरी, वडा नं ३ मा माओवादी केन्द्रका प्रसादु थारू, ४ मा माओवादी केन्द्रकै विदुर पोखरेल, वडा नं ५ मा स्वतन्त्रबाट रमेश चौधरी र ६ मा माओवादी केन्द्रका असराज न्यौपाने वडाध्यक्षमा विजयी हुनुभएको छ ।

त्यसैगरी वडा नं ७ मा एमालेका रामु थारू, ८ मा माओवादी केन्द्रका राजेश थारू, ९ मा कांग्रेसका विष्णुप्रसाद थारू र वडा नं १० मा माओवादी केन्द्रका शिवलाल थारू वडाध्यक्षमा विजयी हुनुभएको छ ।

२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया