
काठमाडौँ,९ जेठ / सुन्दा पनि अचम्म लाग्न सक्छ डोटीको पूर्वीचौकी गाउँपालिका–२ कुडासैन गाउँमा दलित र गैरदलित समुदायका लागि छुट्टाछुट्टै धारा निर्माण गरिएका छन् ।
यहाँका गाउँमा वर्षौं पहिलेदेखि दलित र गैर दलितका लागि छुट्टै धारा निर्माण गरिएका छन् । उक्त गाउँको पानीको मुहानमा तीन पानीका धारा निर्माण गरिएका छन् । तीन धारामध्ये दुई धारामा कुडासैनका दलित समुदायका व्यक्तिले जान पाउँदैनन् ।
दलित समुदायका लागि छुट्टै एक धारा निर्माण गरिएको छ । कहिलेकाहीँ उक्त धारामा पानी नआउँदा भने दलितले टाढाबाट (गैर दलित नछुने गरी) भाँडोमा पानी माग्नुपर्ने बा’ध्यता रहेको स्थानीय दलितहरु बताउँछन् ।
दलित र गैर दलितको खाने पानीको धारा फरकफरक रहँदा लजास्पदको कुरा रहेको दलित अगुवाको भनाइ छ । नेपालको कानून र संविधानले जा’तीय वि’भेदलाई द’ण्डनीय अ’प’राध भनी स’जायको व्यवस्थासमेत गरिसकेको भए पनि यहाँका वि’कट गाउँमा उक्त का’नून व्यावहारिक पक्ष फि’तलो हुँदा अहिले पनि सानो जात र ठूलो जातका आधारमा विभिन्न किसिमका वि’भेद हुँदै आएको स्थानीयवासी जोगी विष्टले बताए ।
जातीय वि’भेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणका काममासमेत सहभागी हुन नपाएको सम विकास केन्द्रका अध्यक्ष अधिराज विसीले बताए ।
राजनीतिक दल, नागरिक समाज र विभिन्न सङ्घसंस्थाले दलित र पछाडि पारिएका समुदायको हकहितका निम्ति विभिन्न कालखण्डमा ठूला आ’न्दोलन गरे पनि अहिलेसम्म जा’तीय वि’भेद उन्मूलन हुन नसकेको विसीको भनाइ छ । रासस