
कञ्चनपुर/ कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तरगत पुनर्वास नगरपालिका- २ मोतिबस्तीमा शुक्रबार अज्ञा’त समू’हद्वारा एक बालिकालाई अपह’रण गरी बला’त्कार गरेको भन्ने खबर आयाे । तर उक्त खबर झु’टो सा’वित भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
१४ वर्षीया बालिकाले साँझ डटपेन किन्न भनेर नजिकैको पसलमा जाने क्रममा अज्ञा’त समू’हबाट आफू अप’ह’रणमा परेको भनी प्रहरी समक्ष दिएको ब’यान बदलेकी छिन् ।
सुक्ष्म अनुस’न्धानका क्रममा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले भन्नुभयो, ‘बालिकाले प्र’हरी र परिवारलाई दिएको बया’न शनिबार फेरेकी हुन् ।’
घ’टना केरका’रका क्रममा उनले आफू कलम किन्ने नि’हुँमा साँझ घरबाट निस्केर प्रे’मीसँग भे’ट्न गएको बताएकी छिन् । घर फर्किंदा अबेर भएको हुँदा घरमा मम्मीको ड’रले झु’टो बोलेको बयान गरिन् । उनले घर नजिकै सडक छेउको नालीमा बसेर प्रे’मीसँग कुराकानी मा’त्रै गरेको बताएकी छिन् ।
स्वास्थ्य परी’क्षण रिपोर्ट पश्चात थप विवरण खु’ल्ने प्रहरीले जनाएको छ । झु’टको कहानी लामो भएको बताउँदै प्रहरी निरीक्षक बिष्टले बालिका यसअघि पनि उक्त प्रे’मीसँग लु’की’छिपी भेट्ने गरेको अनुस’न्धानका क्रममा खुले’को जानकारी दिए ।
‘बालिकाले प्रहरी र घरपरिवारलाई झु’क्याएकी रहिछन् । बालिकाका प्रे’मीमाथि पनि थप अनुस’न्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने। अनुसन्धानका लागि प्रे’मी पनि प्रहरीको नियन्त्र’णमा नै छन् ।