सोमबार २० आषाढ २०७९

काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुगेर भाषण गरेका सबै ठाउमा एमाले पराजित भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तह निवार्चनको अन्तिम नतिजा आउने क्रम जारी छ ।

धेरै स्थानीय तहको नतिजा आइसकेको छ भने केही तहको मात्र आउन बाकि छ । हालसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस अग्रस्थानमा छ भने नेकपा एमाले दोस्रो र त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

निर्वाचनकै क्रममा आली एक्लै विभिन्न ठाउँमा चुनावी सभामा भाषण गर्न पुगेका थिए । ओली विराटनगर, हेटौंडा, पोखरा, भरतपुर, बुटवल, धनगढी, महेन्द्रनगर जस्ता ठूलो सहरमा चुनावी सभामा पुगेका थिए तर उनी जहाँ जहाँ गएर चुनावी सभामा भाषण गरेका थिए , ती सबै ठाउँमा एमालेले लज्जास्पद हार व्यहोर्नु परेको छ । हाल पोखरा, जनकपुर, विरगन्ज, भरतपुरको मत परिणाम आउन बाँकी छ ।

धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ) निवार्चित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै प्रमुखमा निवार्चित भएका छन् । उनले २० हजार ८२१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धनबका उम्मेद्वार राईले १६ हजार ६९ मत प्राप्त गरेका छन् ।

यसैगरि, उपप्रमुखमा लोकतान्त्रिक बाम गठबन्धनबाट अइन्द्रबिक्रम बेघा निर्वाचित २० हजार ५१० मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी एमालेका पदम इस्वोलाई २ हजार ९०४ मतान्तरले पराजित गरेका छन् ।

इस्वोले १७ हजार ६०६ मत प्राप्त गरेका छन् । प्रमुखमा एमालेबाट उम्मेद्वार रहेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरिन् । उनी साम्पाङसँग ८ हजार ९९६ मतले पछि परिन् भने गठबन्धन उम्मेद्वारसँग ३ हजार २४४ मतले पछि परिन् ।

२०४६ सालमा प्रजातन्त्र पुर्नस्थापना पछि धरानमा पहिलो पटक स्वतन्त्र उम्मेद्वार नगर प्रमुखमा निवार्चित भएका हुन् । कम्युनिष्ट गढ भनिएको धरानमा लगातार २ पटक कम्युनिष्ट उम्मेद्वार पराजित भएको छ । २०७६ को उपनिर्वाचनमा पहिलो पटक तत्कालिन नेकपा उम्मेद्वार प्रकाश राईलाई नेपाली कांग्रेसका तिलक राईले प’रा’जित गर्दै लालकिल्ला भ’त्काएका थिए ।

९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया