सोमबार १५ जेठ २०८०

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरुसंग नरहेको बताएका छन् । आइतबार काठमाडौमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक गर्दै थापाले राजनीतिक दलहरुको तयारी सरकारमा पुग्ने मात्र रहेको र सरकारमा पुगेपछि गर्ने कामको योजना नरहेको बताएका हुन्।

उनले जतिसुकै ठूला कार्यक्रम ल्याएपछि कार्यान्वयनको नीति फितलो देखिएको बताए। थापाले अगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले बहुमत पाउने दावी गर्दै सरकारमा गएपछिको भावी योजनाका बारेमा अहिलेदेखि तयारी थालेको बताए।

थापाले मुलुकका विभिन्न स्थानमा स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा दलहरुले उम्मेदवार उठाउदा निकै सोच विचार गर्नुपर्ने अवस्था आएको धारणा राखेका छन् । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकमा वाग्लेद्वारा लिखित विभिन्न लेखहरु संग्रहित गरिएको छ।

नयाँ चुनावपछि बन्ने कांग्रेसको सरकारले के गर्ने भनेर अहिलेदेखि तयारी थालेका छौं : महामन्त्री थापाले आगामी मंसिर या फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनबाट नेपाली कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरेका छन् ।

कांग्रेसको नेतृत्वमा सरकार बनेपछि पाँच वर्षमा के काम गर्ने भनेर अहिलेदेखि तयारी थालेको उनको भनाइ छ । सोही कार्यक्रमको अवसरमा बोल्दै महामन्त्री थापाले आगामी निर्वाचनबाट कांग्रेसले बहुमतको सरकार बनाउने दा’बी गरेका हुन् ।

मंसिर या फागुनमा हुने चुनाबाट कांग्रेसले बहुमत प्राप्त गर्छ, मतदातालाई हामी के कुरामा आश्वस्त पार्छौं भने २०४८ र २०५६ सालमा कांग्रेसले गरेको ग’ल्ती र नेकपाको २०७४ सालको ग’ल्तीबाट सिक्छौं,’ थापाले भने, ‘सरकार बनेपछिको पाँच वर्षमा के गर्ने र कसरी गर्ने भनेर टीममा काम गरिरहेका छौं ।’

३७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया