आइतबार १९ आषाढ २०७९

काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगमले आजदेखि नै लागू हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर १८० रुपैयाँ पर्याएको छ ।

साथै, एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८०० रुपैयाँ पुर्याएको छ । त्यसैगरी डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर १६३ रुपैयाँ बनाइएको छ ।

निगमले अझै पनि मूल्य समायोजनपछि पनि मासिक रुपमा एलपी ग्याँसमा ३ अर्ब रुपैयाँ, डिजलमा करिब ३ अर्ब ४० करोड रुपैयाँ, र पेट्रोलमा करिब १ अर्ब रुपैयाँ घा’टा रहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो । यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो ।

नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य बढेर १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रूपैयाँ लिटर पर्नेछ । त्यस्तै एलपी ग्यासको मूल्य १८०० रूपैयाँ पर्नेछ । हवाइ इन्धन (आन्तरिक) को भाउ लिटरको १६६ रूपैयाँ पुगेको छ ।

९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया