
काठमाडौं / धरान उपमहानगरापलिकको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले आफ्ना प्रतिद्वन्द्वीसँग २,३६१ मतान्तर बनाएका छन् । उनले गबन्धनका साझा उम्मेदवार किशोर राईलाई करिब साढे २ हजारको मतान्तर बनाएका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार साम्पाङले साम्पाङले १३ हजार ४०५ मत पाएका छन् । त्यस्तै किशोर राईले ११ हजार ४४ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका मेयर उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ९ हजार ५४ मत पाएकी छन् ।
उपमेयरमा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघा लिम्बूको रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनले १३ हजार ५९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीका रुपमा एमालेका पदम इस्वो लिम्बूले १२ हजार ३१७ मत पाएका छन् ।
यो पनि :- धनगढीमा स्वतन्त्रका गोपाल हमालको २० हजार मत कट्यो : काठमाडौं / धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २० हजार मत कटाएका छन् । उनले नेपाली काँग्रेसका नृपबहादुर वडलाई दोब्बर मतले पछि पारेका छन् ।
नृपको ९ हजार ९२९ मत छ । नेकपा एमालेका रणबहादुर चन्दको ४ हजार ९१४ मत छ । उमेयरमा नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीको ९ हजार २०९ मत हुँदा नेकपा एमालेकी कन्द्कलाकुमारी रानाको ८ हजार ५४० मत छ ।