सोमबार २० आषाढ २०७९

कञ्चनपुर, ४ जेठ / कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एकदम्पती नै निर्वाचित भएका छन्। दोधाराचाँदनी नगरपालिका– ७ को सदस्यमा श्रीमान सन्दीप उपाध्याय र श्रीमती कमला उपाध्याय निर्वाचित भएका हुन्। सन्दीप एमालेबाट र कमला कांग्रेसबाट चुनाव लडेका थिए।

एमालेबाट चुनावमा होमिएका सन्दीपले सात सय ५५ र कमलाले सात सय ९२ मत ल्याएर वडासदस्यमा निर्वाचित भएसँगै उपाध्याय परिवारमा खुसी छाएको छ। सन्दीपले दुई विवाह गरेका छन्। कमला उनकी जेठी श्रीमती हुन् । – सुदुरपत्र अनलाइन बाट ।

यो पनि :- भक्तपुरका जनप्रतिनिधिहरूद्वारा शपथग्रहण : भक्तपुर / भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ ग्रहण गरेका छन् । प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । शपथपछि उनीहरूले पनि पदभार ग्रहण गरेका छन् ।

भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचित भक्तपुर नपाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसपछि नगर प्रमुख प्रजापतिले नवनिर्वाचित उपप्रमुख रजनी जोशी तथा भक्तपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराए ।

शपथ ग्रहण गरेका वडाध्यक्षहरूमा भक्तपुर नपा वडा नम्बर १ का श्यामकृष्ण खत्री, वडा नम्बर २ का हरिप्रसाद बासुकला, ३ वडाका राजकृष्ण गोरा, वडा नम्बर ४ का उपेन्द्र सुवाल, वडा नम्बर ५ का योगेन्द्रमान बिजुक्छेँ, वडा नम्बर ६ का हरिराम सुवाल, वडा नम्बर ७ का उकेश कवां, ८ वडाका कृष्णप्रसाद कोजु, ९ वडाका रवीन्द्र ज्याख्व र १० नम्बर वडाका लक्ष्मीप्रसाद ह्यौंमिखा रहेका छन् ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले जनप्रतिनिधिहरूले जनताको सेवामा एम्बुलेन्स र दमकलसरह खट्नुपर्नेमा जोड दिए । भक्तपुर नरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले पहिलो कार्यकालमा कानुनी र प्राविधिक कारणले पूरा हुन नसकेको कामहरू यस कार्यकालमा पूरा गर्ने बचनबद्धता व्यक्त गरे ।

सपथग्रहणपश्चात आ–आफ्नो पदभार सम्हाले । शपथ ग्रहणपश्चात् नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा पहिलो कार्यपालिका बैठक बस्यो । बैठकले देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि भएका विभिन्न कालखण्डमा भएका ज’नआन्दोलनहरूमा स’हादत्त प्राप्त गरेका ज्ञात अ’ज्ञा’त सम्पूर्ण स’हिदहरूप्रति श्र’द्धाञ्जली अर्पण गरेको छ । साथै जनअधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका आ’न्दोलनहरूमा घा’इ’ते भएका वीर यो’द्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेको छ ।

१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया