शुक्रबार १९ जेठ २०८०

काठमाडौं, ६ जेठ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहलाई आफ्नो पार्टीमा स्वागत गर्न तयार रहेको बताएकी छन् । उनले आफूले शाहलाई सफल भएको हेर्न चाहेको पनि बताई्न् ।

उनले भनिन्–‘म उहाँलाई सक्सेस भएको हेर्न चाहन्छु, उहाँको उमेरमा हामीले निर्वाचन लड्ने मौका पाएनौं, हामी पार्टीको अर्थोडोक्स सिस्टमभित्र बसेकोले विद्रोह गर्न सकेनौं । उहाँले गर्नुभयो । बालेन शाहजीलाई मेरो पार्टीमा वेलकम गर्न चाहन्छु । तपाईँ सक्सेस हुनुहोस ।’

झाँक्रीले अहिलेको स्थानीय तहको निर्वाचनको परिणाम आफूहरुकोलागि अपेक्षित नै रहेको बताएकी छिन् । उनले आफूहरुको लागि वि’द्रो’ह बाध्यता रहेको सुनाईन् । आफ्नो पार्टीले अहिलेको स्थानीय तहको निर्वाचनबाट प्राप्त गरेको परिणामबाट विचलन नभएको उनको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले एमाले विशाल पार्टी नै भएको र अहिले एमालेलाई हराउन आफूहरु काफी नै भएको बताईन् । यसपटक आफूले पनि नेपाली कांग्रेसलाई मत हालेको उनले बताईन् ।

उनले आफूहरुको पुस्तामा लोकतान्त्रिक प्रक्रियामा हिँड्ने र एक अर्काको सह–अस्तित्व स्विकार गर्ने संस्कृति रहेको सुनाईन् । उनले आफू अहिलेपनि गठबन्धनकै पक्षमा रहेको स्पष्ट पारिन् । उनले यो गठबन्धन आजको ज’बरजस्त आवश्यकत्ताले बनेको दा’बी गरिन् । हेर्नुहोस भिडियो :-

४०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया