
नेपालगन्ज / चुनावी मत परिणामका विषयलाई लिएर नेपालगन्ज वडा नं. १७ परसपुरमा झ’डप भएको छ । वडाध्यक्षमा निर्वाचित लक्ष्मणप्रसाद वर्माको समूहमाथि आ’क्रमण भएपछि दुई समूहबीच झ’डप भएको हो ।
नेपाली कांग्रेसका नेता बादशाह कुर्मी परिवार र निवर्तमान वडाध्यक्ष अजय पाठकका समर्थकबीच चुनावी परिणामलाई लिएर झ’डप भएको हो ।कांग्रेस नेता बादशाह कुर्मीले विजय जुलुसमाथि पाठकको समूहले आ’क्रमण गरेको दा’बी गरेका छन् । उनीहरुले वडाध्यक्षलाई नियन्त्रणमा लिएर कु’टपिट गरेको र ७ जना ग’म्भीर घा’इते भएको आ’रोप छ ।
वडाध्यक्षका उम्मेदवार रहेका अजय पाठकविरुद्ध उजुरी परेपछि उनको उम्मेदवारी र’द्द भएको थियो । उम्मेदवारी र’द्द गराउन सत्ताको श’क्ति कुर्मीले दु’रुपयोग गरेको आ’रोप पाठकले लगाउँदै आएका थिए । – न्युज 24 नेपाल बाट ।
यो पनि :- इनरुवाको नगर प्रमुखमा नेपाली कांग्रेसका केदार भण्डारी बिजयी : इनरुवा / इनरुवा नगरपालिकाको प्रमुख र उप प्रमुख दुवै पदमा नेपाली कांग्रेस बिजयी भएको छ । सार्वजनिक अन्तिम मत परिणाम अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार केदार भण्डारी बिजयी भएका छन । भण्डारी एमालेका उम्मेदवार सरोज पोखरेललाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका हुन ।
यता उप प्रमुख तर्फ समेत नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसकी बिनिता कुमारी मेहताले एमालेकी उम्मेदवार सहजादी प्रविणलाई पराजित गरेकी हुन। सम्पन्न मत परिणाम अनुसार इनरुवाको १० मध्ये ५ वटा वडा नेपाली कांग्रेसले जितेको छ । एमालेले ४ वटा वडा जित्दा लोसपाले एक वडा अध्यक्ष जितेको छ । साँझ सम्म सार्वजनिक मत परिणाम अनुसार सुनसरीको ४ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
जस अनुसार भोक्राहा, देवानगञ्ज, गढी र रामधुनीको परिणाम सार्वजनिक भएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको साँझ सम्मको परिणाम अनुसार भोक्राहाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेस बिजयी भएको छ । भोक्राहाको अध्यक्षमा काँग्रेसका अजमल अख्तर मिया र उपाध्यक्षमा सुनिता कुमारी उराँव निर्वाचित भएका छन ।
सुनसरीको देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार बेचन प्रसाद मेहता बिजयी भएका छन । देवानगञ्जको उप प्रमुख तर्फ भने नेपाली कांग्रेसकी उम्मेदवार कुमारी विभा यादव बिजयी भएकी छिन ।
गढी गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार आश नारायण चौधरी निर्वाचित भएका छन । उनले नेपाली कांग्रेसका उम्मेदवार महेश दत्तलाई पराजित गरेका हुन । त्यसैगरी गढीको उपाध्यक्षमा समेत एमाले बिजयी भएको छ । नेपाली कांग्रेसकी राजकुमारी चौधरीलाई पराजित गर्दै एमालेकी अनिता कुमारी साह बिजयी भएकी हुन ।
रामधुनी नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार शंकरलाल चौधरी बिजयी हुँदा उप प्रमुखमा एमालेकै तारा थापा निर्वाचित भएकी छिन । रामधुनीमा चौधरी र थापाले कांग्रेस उम्मेदवार सुदिप अधिकारी र आशा कुमारी चौधरीलाई पराजित गरेका हुन ।