
काठमाडौं / मोरङको उर्लाबारी नगरपालिकाको मेयर एमालेले खोसिदिएको छ । भर्खरै सम्पन्न मतपरिणाम अनुसार एमालेका उम्मेदवार गंगा प्रसाद खरेल विजयी भएका छन् ।
काँग्रेसका निवर्तमान मेयर खड्ग फागोलाई खरेलले १२ हजार १ सय ५६ मत ल्याएर पराजित गरेका हुन् । उता फागोले भने १० हजार २ सय ९० मत ल्याएका छन् ।
उपमेयरमा पनि एमालेकै उम्मेदवार मिना कुमारी खतिवडा विजयी भएकी छन् । उनले पनि काँग्रेसकै उम्मेदवारलाई पराजित गरेर विजयी भएकी हुन् ।
उनी १० हजार ७ सय २ मत ल्याएर विजयी हुँदा काँग्रेसकी सीता कार्कीले भने १० हजार ६ सय ४० मत प्राप्त गरिन् । त्यस्तैगरी उर्लाबारीका ९ वडामध्ये ५ वटा वडा एमालेले जितेको छ भने ४ वटा वडामा मात्रै नेपाली काँग्रेसले जितेको छ ।
यो पनि :- रोल्पाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरे :
रोल्पा / रोल्पाका नवनिर्वाचित जनप्रतिनिधिहरुले बिहिवार एक कार्यक्रमकाबीच पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
जिल्लाका एक नगरपालिकाका प्रमुख तथा नौँवटा गाउँपालिकाका अध्यक्ष गरी दशजना स्थानीय तहका प्रमुखहरुलाई रोल्पाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत दिलिपराज पन्तले सपथ ग्रहण गराउनु भएको हो ।
सपथ लिएका स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले सम्बन्धित स्थानीय तहमा गइ नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने बताइएको छ ।
रोल्पामा बुधबार बिहान निर्वाचनको मत गणना कार्य सम्पन्न भएसंगै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्बन्धित पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण गरेको थियो।
रोल्पाका दश स्थानीय तहमध्ये एक नगरपालिका सहित ७ वटा स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष सहित ४८ वटा वडामा नेकपा (माओवादी केन्द्र) बिजयी भएको छ भने नेपाली काङ्ग्रेसले २ वटा स्थानीय तहमा अध्यक्ष र ३ उपाध्यक्ष गरि १४ वटा वडामा बिजयी भएको छ ।
नेकपा एमालेले १ पालिका अध्यक्षसहित ८ वटा वडा अध्यक्षमा विजयी भएको छ । यसैगरी नेकपा (एकीकृत समाजबादी)ले एक वडा र स्वतन्त्र एक वडामा बिजयी भएका छन ।