
काठमाडौं, ५ जेठ / काठमाडौं महानगरपालिकाको मतगणना नेवारी बस्ती भएको वडा नम्बर २७ मा सुरु भएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रमुखमा अग्रता लिइरहेको बेला नेपाली कांग्रेस र एमालेले आशा गरेको मत यी वडामा आउन सक्ने आंकलन गरिएको छ ।
काठमाडौंका कोर एरिया मध्ये महाबौद्ध एरिया पनि हो । ११ देखि २७ सम्मका वडाहरुहरुमा नेवारी बसोबास रहेको छ । कांग्रेस एमालेका कार्यकर्ताहरुले यी क्षेत्रमा बालेनलाई भोट नगएको बताउँछन् ।
यो अर्को समाचार :- गुल्मीमा यसरी ढले एमाले पहाडहरु, विपक्षीले कुटोले खोस्रेरै ढालिदिए : गुल्मी / गुल्मीमा नेकपा एमालेले झण्डै चार दशक अघिदेखि आफ्नो लालकिल्ला रहेका थुप्रै साविकका गाविस (हालका वडाहरु) यसपालिको निर्वाचनमा गुमाएको छ ।
विपक्षी दलका लागि कोदालोले खनेर पहाड ढाल्न खोज्नुजस्तै ठानिएको जिल्लाको इस्मा गाउँपालिका र रुरु क्षेत्र गाउँपालिकामा कोदालो वा गैची लगाउनै परेन, यसपाली विपक्षी दलले कुटोले खोस्रेरै ढालिदिए । एमालेका लागि अर्को अचल पहाड ठानिन्थ्यो- मदाने गाउँपालिका । त्यो पनि उपप्रमुखमा झिनो मतले बाहेक ढल्यो ।
अघिल्लो निर्वाचनमा एक वडा काङ्ग्रेसबाहेक अन्य ७ वटा वडाको पूरै प्यानलसहित प्रमुख-उपप्रमुख पद जितेको मालिका गाउँपालिका पनि एमाले पहाडको भग्नावशेष समेत नदेखिने गरी ढल्यो । अर्थात् त्यहाँ एमाले शून्य भयो । वर्षाैँपछि काङ्ग्रेसबाट अघिल्लो निर्वाचनमा खोसेको रेसुङ्गा नगरपालिका पनि यसपाली एमालेले गुमायो ।
माओवादीसँग तालमेल गर्दा पनि एमालेले कालीगण्डकी गाउँपालिका प्रमुख गुमायो तर उपप्रमुख भने माओवादीलाई दिलायो । चन्द्रकोटमा अघिल्लो निर्वाचनमा उप प्रमुखसहित थुप्रै वडा जितेको एमालेले यसपाली गुमायो ।
मुसिकोट नगरपालिकामा पनि एमालेले विगतको साख गुमाएको छ । ९ वटा वडामध्ये वडा नम्बर १ बाहेक ८ वटै वडासहित प्रमुख-उपप्रमुख अघिल्लोपटक जितेको एमालेले यसपाली चार वटा वडा गुमाएको छ ।समग्रमा एमाले गुल्मी काङ्ग्रेसभन्दा आधा साइजमा घटेको छ । पालिका प्रमुखको जितलाई हेर्ने हो भने एमाले तेस्रो र माओवादी दोस्रो बनेको छ ।
यसो हुनुमा एमालेकाे फुटकाे असर पनि रहेकाे बताइन्छ भने केही हदसम्म अन्तरघातकाे पनि शिकार बनेको जानकारहरुको विश्लेषण छ । इस्माको अमरपुरसहित थुप्रै किल्लाहरु गुमेकाेमा पार्टीभित्रै गम्भीर समीक्षा हुनुपर्नेमा एमाले कार्यकर्ताहरुको जोड छ ।
हिजो ७ पालिका प्रमुख र १० उपप्रमुख जितेको एमाले यसपाली क्रमशः ३ र ६ मा सीमित भएकाे छ । वडाहरु पनि थुप्रै गुमाएको छ तर वडाहरुको यकिन विवरण तयार गर्न बाँकी छ ।
तर एमालेले पनि कांग्रेसलाई ढाल्याे : सत्यवतीमा भने एमालेले काङ्ग्रेसको पहाड होइन सगरमाथा ठानिएको बेस क्याम्पमा सामन्य गल लगाउँदैमा गर्ल्याम्मै ढलाइदियो ।
अझ काङ्ग्रेसका लागि त्यस गाउँपालिकाको भार्से ढल्नु भनेको माथि सत्यवतीको लेक ढल्नुसरह थियो । तर पुर्व माओवादी तथा वर्तमान एमाले नेताले नङले कोट्याउदैमा ढलाइदिए ।
वडा नन्बर १, ७, ८ हुँदै ढल्दै जाने क्रममा काङ्ग्रेसका लागि सत्यवतीको शिर र छाती-मुटु समेत एमालेले ढलाइ दियो । त्यस्तै गठबन्धनका बावजुद पनि छत्रकोटमा एमालेले शानदार जित हासिल गरेको छ । प्रेम सुनार / न्यूज 24 नेपाल बाट ।