बुधबार २४ जेठ २०८०

गोरखा, जेठ ५ / गोरखाको भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले आफूले आफैलाई हालेको मत हराएको बताएका छन् ।

अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट नपाएका ढकालले आफुले चुनाव चिन्ह ‘खानेपानीका धारा’ मत हालेपनि मतगणना हुँदा एक मत पनि आएको बताए । उक्त गाउँपालिकामा १४६९ मत खसेको माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ उक्त गाउँपालिकाको वडाध्यक्ष बनेका छन् ।

आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि अहिले ढकाल तनावमा छन् । ‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत देखाइएन ।’ अदालत जाने तयारीमा रहेका ढकालले बताए । उनले आफैलाई हालेको मत बदर पनि भएको दाबी गरेका छन् ।

यो पनि :- भरतपुर–९ को वडाध्यक्षमा एकीकृत समाजवादीका कँडेल विजयी : चितवन / चितवनको भरतपुर महानगरपालिका–९ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादी) का उमेदवार यमलाल कँडेल निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का उमेदवार लीलाबल्लभ भुसाललाई हराएका हुन् ।

कँडेलले एक हजार ९५८ मत पाए । उनका निकटतम प्रतिस्पर्धी भुसालले एक हजार ४०६ मत प्राप्त गरे । यसअघि, भरतपुर–७ को वडाध्यक्षमा पनि एकीकृत समाजवादीकै उमेदवार निर्वाचित भएका थिए ।

भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदको मतगणना भने जारी रहेको छ । मतगणना चलिरहँदा त्यहाँ अहिले सत्ता गठबन्धनकी उम्मेद्वार रेनु दाहालले अग्रता लिइरहेकी छिन् ।

१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया