
काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जनता स्थापित दलहरुसँग सन्तुष्ट नभएको बताएका छन् ।
स्थानीय तहको निर्वाचनअन्तर्गत देशभर मतपरिणाम धमाधम सार्वजनिक भइरहेका बेला नेता डा. भट्टराईले अहिले देशमा स्थापित राजनीतिक दलहरुसँग नै जनता असन्तुष्ट रहेको बताएका हुन् ।
नेता भट्टराईले जनताले खोज्दापनी अहिले कुनैपनि नयाँ विकल्प नभेटेर एउटा खराबले जितेको ठाउँमा अर्को खराबलाई वा नयाँ व्यक्तिलाई भोट दिएको प्रतिक्रिया दिएका छन् ।
‘समग्र समीक्षा हुँदै गर्ला तर, अहिलेसम्मको प्रवृत्तिबाट भन्नसकिन्छ – जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् ! नो भोटको प्राबधान नहुँदा र सत्तामा शून्यता हुन नसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक) अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन् !दु’:खद कुरा विकल्प पनि छैन ! उनले ट्वीटमा लेखेका छन् ।