आइतबार १९ आषाढ २०७९

काठमाडौं / ललितपुर महानगरपालिका– १४ का उम्मेदवार रामबाबु महतको नि’धन भएको छ। गएराति हृ’द’यघातका कारण उनको नि’धन भएको हो । उनी सो वडाका निवर्तमान अध्यक्ष हुन् ।

यसपटक नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवार बनेका थिए । उनी उम्मेदवार बनेको वडामा भने अझैपनि मतगणना हुन बाँकी नै रहेको छ ।

यो पनि :- धनौजी गाउँपालिकामा कांग्रेसको जित : लहान / धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा दुई हजार २६२ प्राप्त गरी राजकुमार साहले जित हासिल गर्नुभएको छ भने उपाध्यक्षमा रामवतीदेवी मण्डल दुई हजार ४३० मतका साथ विजयी भएका हुन्।

साहका प्रतिस्पर्धी लोपसाका जीवेन्द्र झाले दुई हजार १६२ तथा उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी लोसपाकै रञ्जितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिनुभयो । पाँच वडा रहेको सो गाउँपालिकामा १३ हजार ६८५ मतदाता छन् ।

यसैगरि धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा तीन हजार १५८ मत प्राप्त गरी जसपाका दिपीनदेव यादव र उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित भएका हुन्।

यादवले नेपाली कांग्रेसका सुदेशकुमार चौधरीलाई ३८० मतान्तरले पराजित गरेका छन् भने उपाध्यक्षमा सहगलले जसपाका गीता सुडीलाई १५८ मतान्तरले पराजित गर्नुभएको छ । ६ वडा रहेको सो गाउँपालिकामा कूल १६ हजार ६३३ मतदाता रहेका छन् ।

१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया